Friday, April 24, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

प्रेमिकाको भिडियो ‘पोर्न’ साइटमा राख्दा…

प्रेमिकाको भिडियो ‘पोर्न’ साइटमा राख्दा...

by नेपाल टाइमलाइन न्यूज
August 2, 2023
in मुख्य खबर
A A
0
प्रेमिकाको भिडियो ‘पोर्न’ साइटमा राख्दा…
13
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ । प्रेमीप्रेमिकाबिच मायापिरतीका संवाद र अन्तरङ्ग साटासाट गर्दाको संवादका कतिपय पल सुखद मात्र रहँदैनन्, सम्बन्ध बिग्रियो भने पीडादायी र भयावह हुन सक्छन् । त्यसको उदाहरण प्रकाश र रस्मिला (नाम परिवर्तन) को सम्बन्ध बनेको छ । घटना अनुसार म्याग्दी साबिक अर्मन गाविस–२ का २७ वर्षीय प्रकाश विक र म्याग्दीकै २३ वर्षीय रस्मिलाबिच नेपालमा हुँदा बसेको प्रेम दुई फरक देशमा पुगेपछि थप प्रगाढ बन्छ ।

 

उच्च शिक्षाका लागि जापानमा पुगेकी रस्मिला र वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका प्रकाशबिचको इन्टरनेट फोनमा हुने कुराकानी अक्सर नग्न अवस्थामै हुन थाल्छ । प्रकाशले रस्मिलाका नग्न तस्बिर र भिडियो झुक्याएर मोबाइलमा सुरक्षित राख्छन् ।

 

जापानमा रहेकी रस्मिला अध्ययन र विदेशको रहनसहनमा बिस्तारै घुलमिल हुँदै जान्छिन् र प्रकाशसँगको कुराकानी बिस्तारै कम हुँदै जान्छ । प्रकाशले यसलाई अनेक शङ्कामा रस्मिला र परिवारलाई पनि पठाई तिनै भिडियोलाई प्रतिशोधका रूपमा प्रयोग गर्न थाल्छन् । त्यतिले मात्र नपुगी अश्लील भिडियो पोर्न साइटमा राख्छन् ।

 

सामाजिक सञ्जालको म्यासेजमा आउने नग्न भिडियो पोर्न साइटमै आएपछि रस्मिला र परिवारै छाँगाबाटै खसेजस्तै बन्छन् । उच्च शिक्षाका लागि झन्डै एक वर्षअघि जापान पुगेकी रस्मिलाको अध्ययनको लक्ष्य आफ्नै नग्न तस्बिरले धुमिल बनाउँछ । परिवार, आफन्त र शुभचिन्तकलाई यो घटनाले सामाजिक प्रतिष्ठा र इज्जतमा पु-याएको आधातको लेखाजोखा नै छैन ।

 

‘नेपाली युवतीको जापान काण्ड’ नाममा पोर्न साइटमा अपलोड गरिएका नग्न भिडियो नेपाल प्रहरीको साइबर ब्युरोको सक्रियताले थप छरपस्ट भने हुन पाएन । प्रेमिकालाई झुक्याएर विभिन्न बहानामा नग्न हुन बाध्य बनाई रेकर्ड गरेका नग्न भिडियो, फोटा सामाजिक सञ्जाल र पोर्न साइटमा अपलोड उनै प्रकाश विकलाई नेपाल प्रहरीले ‘रेड कर्नर नोटिस’ जारी गरी नेपाल ल्याई कानुनी कारबाही अघि बढाएको छ । पीडित रस्मिलाका परिवारले साइबर ब्युरोमा उजुरी दिएको छ महिनापछि विकलाई मलेसिया प्रहरीको सहयोगमा शुक्रबार नेपाल ल्याइएको हो ।

 

साइबर ब्युरोका प्रहरी उपरीक्षक पशुपतिकुमार रायले अभियुक्त प्रकाश विक वैदेशिक रोजगारीमा मलेसिया रहेको सूचनापछि प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले २०७८ माघ २४ रेड कर्नर नोटिस जारी भएको जानकारी दिनुभयो । प्रहरी उपरीक्षक रायले इन्टरपोल सचिवालयमा उजुरी दर्ता भएपछि मलेसिया प्रहरीको सहयोगमा अभियुक्तलाई कानुनी दायरामा ल्याएको बताउनुभयो ।

 

रायका अनुसार अभियुक्त विकले पीडितले रस्मिलाले आफ्नो फेसबुक एकाउन्ट डिएक्टिभ गरेपछि रस्मिलाकै नाममा अर्को नक्कली फेसबुक अकाउन्ट खोली नग्न तस्बिर र भिडियो पोस्ट गरेका थिए । साथै ती नग्न भिडियोलाई पोर्न साइटमा समेत अपलोड गरी गम्भीर चरित्र हत्या गरेको आरोपमा ब्युरोले विकलाई मलेसियाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याएर नियन्त्रणमा लिएको हो ।

Previous Post

मुख्यमन्त्रीको सपथसँगै कोशीमा चार सदस्यीय मन्त्रिपरिषद् गठन

Next Post

प्रहरी महानिरीक्षकबाट प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित 

Next Post
प्रहरी महानिरीक्षकबाट प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित 

प्रहरी महानिरीक्षकबाट प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana