बिराटनगर । The LEADERS को आयोजना र विराटनगर महानगरपालिकाको सहकार्यमा न्यायिक समितिसँग न्यायिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम विराटनगर महानगरपालिकाको उपमेयर तथा न्यायिक समिति संयोजक शिल्पा निराला कार्की , न्यायिक समिति सदस्यहरू तिर्थेन्द्र न्यौपाने, रूपा देउजा , महानगरपालिकाको कानुनी सल्लाहकार अधिवक्ता ज्ञानेन्द्र थापा, डिल्ली घिमिरे र परमेश्वर नेपालको सहभागितामा सम्पन्न भएको छ। The LEADERS को टिमसहित ब्राईट भिजन ल कलेजमा अध्ययन गरिरहेका समेत गरेर करिव ४० जना कानुनका विद्यार्थी र अधिवक्ता द्वय साहस आचार्य र अन्ताज हुसेन समेतको कार्यक्रममा सहभागीता थियो। अन्तरक्रिया कार्यक्रममा न्यायिक समितिसँग सम्बन्धित विभिन्न एजेण्डामा छलफल भएको थियो। स्थापना भएपछिको पहिलो कार्यक्रम रहेको जानकारी दिँदै संस्थाका सचिव कुशल कोइरालाले आगामी दिनमा न्यायिक क्षेत्रमा विभिन्न प्रभावकारी कार्यक्रम गर्ने र समाजमा पनि गएर कानुनी शिक्षा प्रदान गर्ने योजना समेत रहेको जानकारी गराउनु भयो।





