Saturday, April 18, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

साउनमा पचपन्न हजारभन्दा बढीले लिए श्रम स्वीकृति

साउनमा पचपन्न हजारभन्दा बढीले लिए श्रम स्वीकृति

by नेपाल टाइमलाइन न्यूज
August 28, 2023
in मुख्य खबर
A A
0
साउनमा पचपन्न हजारभन्दा बढीले लिए श्रम स्वीकृति
9
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ । आर्थिक वर्ष २०७९/८० को सुरुदेखि लगातार बढेको श्रम स्वीकृति लिनेको सङ्ख्या चालु आव २०८०/८१ को पहिलो महिनामा घटेको छ ।

 

वैदेशिक रोजगार विभागका अनुसार चालु आवको पहिलो महिना साउनमा ५५ हजार ५७५ जनाले श्रम स्वीकृति लिएकामा गत आवको पहिलो महिना साउनमा भने श्रम स्वीकृति लिएर बिदेसिनेको सङ्ख्या ६१ हजार ६३० थियो । जुन सङ्ख्या चालु आवको भन्दा छ हजार ५५ ले बढी हो । गत साउनपछि लगातार उकालो लागेको विदेश जानेको सङ्ख्या एकै महिनामा ७६ हजार जनाले सम्म श्रम स्वीकृति लिएका थिए ।

 

विभागका अनुसार चालु आवको साउनमा बिदामा आएर पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १६ हजारभन्दा बढी रहेको छ भने वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीमार्फत ३९ हजार १५२ श्रमिकले विदेश जान श्रम स्वीकृति लिएका छन् ।

 

विभागका निर्देशक कविराज उप्रेतीले गत आवको तुलनामा केही घटेको देखिए पनि तुलनात्मक रूपमा ५५ हजारले श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या कम भन्न नमिल्ने बताउनुभयो । उहाँका अनुसार गएको आवको असारमा पनि साढे ५५ हजारकै हारहारीमा श्रम स्वीकृति लिएर विदेश गएका थिए ।

 

गत आवमा श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको सङ्ख्या सात लाख ७१ हजार पुगेको थियो । अघिल्लो आव भने छ लाख ३१ हजारले गएका थिए । गत आवमा श्रम स्वीकृति लिनेको सङ्ख्या अघिल्ला आवको सोही अवधिको तुलनामा एक लाख ४० हजारले बढी छ । आव २०७७/७८ मा एक लाख ६६ हजार ६९८ युवाले विदेशमा रोजगारीका लागि जान श्रम स्वीकृति लिएका थिए । यस्तै आव २०७६/७७ मा श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या तीन लाख ६५ हजार ४३३ रहेको विभागको तथ्याङ्क छ ।

 

विभागका अनुसार नेपालको आन्तरिक सिर्जना गर्न नसकेका बेला रोजगारीको विकल्पका रूपमा रहेको वैदेशिक रोजगारी कोभिड सङ्क्रमणका कारण दुई वर्ष सुस्त रहे पनि हाल कोभिडअघिकै अवस्थामा छ ।

 

विभागका निर्देशक उप्रेतीले देशमा रोजगारीका अवसर नहुनु, श्रम गन्तव्यमा भएको श्रमिकमैत्री कानुनको परिमार्जन, श्रम स्वीकृति सेवा पूर्ण अनलाइन हुनुले पनि श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको बताउनुभयो ।

Previous Post

मौसममा सुधार, देशका केही ठाउँमा भने हल्कादेखि मध्यम वर्षा हुने

Next Post

दस संसदीय समितिको बैठक बस्दै

Next Post
दस संसदीय समितिको बैठक बस्दै

दस संसदीय समितिको बैठक बस्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana