Saturday, April 18, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

वराहक्षेत्र नगरपालिकाले सप्तकोशी क्याम्पसलाई बस दिने

वराहक्षेत्र नगरपालिकाले सप्तकोशी क्याम्पसलाई बस दिने

by नेपाल टाइमलाइन न्यूज
September 5, 2023
in स्थानीय समाचार
A A
0
वराहक्षेत्र नगरपालिकाले सप्तकोशी क्याम्पसलाई बस दिने
9
SHARES
Share on FacebookShare on Twitter

 सुनसरी । वराहक्षेत्र नगरपालिकाले नगर क्षेत्रमा रहेको एक मात्र क्याम्पस सप्तकोशी बहुमुखी क्याम्पसलाई कलेज बस उपलब्ध गराउने भएको छ । नगर प्रमुख रमेश कार्कीका अनुसार नगरपालिकाले आर्थिक वर्ष ०८०/०८१ को वार्षिक बजेटमार्फत क्याम्पसलाई एउटा बस उपलब्ध गराउन ३२ लाख बजेट विनियोजन गरिएको हो ।

 

बस खरिदका लागि प्रत्येक वडाहरूबाट दुई दुई लाख गरेर २२ लाख र नगरपालिकाबाट १२ लाख रकम विनियोजन गरिएको नगर प्रमुख कार्कीले बताउनुभयो ।

 

“उच्च शिक्षा अध्ययनका लागि धरान, इटहरी, इनरुवा जानुपर्ने बाध्यतालाई हटाउन मधुवन, प्रकाशपुर, भरौल र चतराका विद्यार्थीहरूलाई क्याम्पस आउन सहज होस् भनेर क्याम्पसलाई अनुदानमा बस उपलब्ध गराउने निर्णय गरेका छौँ,” नगर प्रमुख कार्कीले भन्नुभयो ।

 

नगरपालिकाले बस अनुदानको लागि बजेट विनियोजन गरेपछि क्याम्पस प्रशासनले पनि बस खरिदको लागि प्रक्रिया अगाडि बढाएको छ । वडा नं ७ स्थित नगरपालिकामा रहेको एक मात्र बहुमुखी सामुदायिक क्याम्पसमा पूर्वमन्त्री सुनसरी क्षेत्र नम्बर ४ का माननीय ज्ञानेन्द्रबहादुर कार्कीको पहलमा भारतीय राजदूतावासको सहयोगमा एउटा बस सञ्चालनमा रहेको छ । थप एउटा बस क्याम्पसले भाडामा लिएर सञ्चालन गरिरहेको छ ।

 

२०६७ सालदेखि नगर क्षेत्रमै पहिलो स्नातक तहसम्म पढाइ हुने सप्तकोसी बहुमुखी क्याम्पस सञ्चालनमा आएको थियो । चक्रघट्टीमा रहेको क्याम्पसमा व्यवस्थापन र शिक्षा समूहमा अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट पढाइ हुँदै आएको छ । नगरक्षेत्र, धनकुटा, भोजपुर र उदयपुर सम्मका विद्यार्थी पढ्न आउने गरेका छन् ।

 

शिक्षालाई प्रमुख प्राथमिकतामा राखेर काम गर्दै आएका छौँ । नगरले सप्तकोशी बहुमुखी क्याम्पसमा प्राविधिक विषय सहितमा स्नातकोत्तर तहसम्मको क्याम्पस बनाउने योजना रहेको नगरप्रमुख कार्कीले बताउनुभयो ।

Previous Post

मधेश प्रदेश सांसद अनिरुद्ध सिंह यादव पुर्पक्षका लागि जेल चलान

Next Post

मनाइँदै श्रीकृष्ण जन्माष्टमी पर्व

Next Post
मनाइँदै श्रीकृष्ण जन्माष्टमी पर्व

मनाइँदै श्रीकृष्ण जन्माष्टमी पर्व

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana