Saturday, April 18, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

मन्दिरमा दलितलाई निधेष, प्रहरीमा उजुरी

मन्दिरमा दलितलाई निधेष, प्रहरीमा उजुरी

by नेपाल टाइमलाइन न्यूज
September 8, 2023
in समाचार
A A
0
मन्दिरमा दलितलाई निधेष, प्रहरीमा उजुरी
10
SHARES
Share on FacebookShare on Twitter

बाजुरा ।  सदरमुकाम मार्तडीमा रहेको बडिमालिका मन्दिरमा पूजा गर्न गएका दलित समुदायमाथि पुजारीले जातीय विभेद गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा निवेदन परेको छ। श्रीकृष्ण जन्माष्टमीको दिन लाग्ने पूजामा सहभागी हुन गएका दलित समुदायका युवतीको हातको पूजा सामग्रीसहितको थाली मन्दिरका पुजारी दलबहादुर रावलले बाहिर फालिदिएर टीका लगाउन अस्वीकार गरेको पीडित युवती संगीता विकले बताइन्।

पुजारीले बडिमालिका नगरपालिका–९ का संगीता विक, झरना विक, सोनु विक, शान्ति विक, वर्षा विक, सावित्रा विक, विपना विकसहितको टोलीमाथि विभेद गरेको पीडित युवतीहरूले बताए। ‘सँगै रहेका अरूलाई केही नभनी पुजारीले टीका लगादिनुभयो, पीडित झरना विकले भनिन्, ‘तर हामीहरूलाई चामलका दानाले हिर्काउँदै तिमीहरू किन आएको ? यो तिमीहरूको हक नलाग्ने ठाउँ हो, गइहाल भन्दै सार्वजनिक रूपमा अपमान र विभेद गर्नुभयो।’ जन्माष्टमीको दिनको पूजाका लागि गैरदलित र दलित दुवै समुदायका व्यक्तिहरू बिहानैदेखि मन्दिरमा लाइन लागेका थिए। संगीतासहितको टोली बिहान साढे ८ बजे मन्दिर पुगेको थियो। साढे ९ बजेतिर दलित समुदायका युवतीहरू मन्दिरको ढोकामा पुगेका थिए। तर, कथित तल्लो जातका मान्छेहरू पनि आउन हुन्छ ? भन्दै पुजारीले बाहिर जान निर्देशन दिएका थिए। त्यसैकारण मूल मन्दिरको टीका ग्रहण नै नगरी घर फर्किनु परेको उनीहरूको दुखेसो छ। ‘तिमीहरूले आफ्नो जात थाहा पाउनुपर्ने हो। यहाँँ आउनै नहुने हो, किन आएको ?, अहिले नै गइहाल भन्दै विभेद गरेपछि आफूहरू केही नभनी फर्किएको दुखेसो उनीहरूको छ। बडिमालिका मन्दिरको पूजाआजका क्रममा दलित समुदायमाथि पटक–पटक विभेद हुने गरेको छ। केही महिनाअगाडि ब्राह्मणले मन्दिरको ढोका नै बन्द गरेर गएपछि एक जोडी (दलित समुदाय) ले विवाहसमेत गर्न नपाएको उजुरी परेको थियो।

Previous Post

मकवानपुरको थाहामा घैंटो फुटाउने प्रतियोगिताको रौनक (फोटो फिचर)

Next Post

पशुपतिनगर नाकाबाट भारत लैजाँदै गरेका पाँच महिलाको उद्धार

Next Post
पशुपतिनगर नाकाबाट भारत लैजाँदै गरेका पाँच महिलाको उद्धार

पशुपतिनगर नाकाबाट भारत लैजाँदै गरेका पाँच महिलाको उद्धार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana