Friday, April 17, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

चुनावमा होमिएका युवा चिकित्सक डा राजिक आलम

चुनावमा होमिएका युवा चिकित्सक डा राजिक आलम

by नेपाल टाइमलाइन न्यूज
April 27, 2022
in चुनावी समाचार, समाचार, स्थानीय समाचार
A A
0
10
SHARES
Share on FacebookShare on Twitter

रौतहट । डा राजिक आलम उमेरले २७ वर्ष पुगे। एमबीबीएस अध्ययनपछि उनी पिजीको तयारीमा थिए। तर अहिले पिजीको तयारीभन्दा पनि स्थानीय तहको चुनाव उनको पहिलो र मुख्य प्राथमिकतामा छ।

युवाहरुको प्रतिनिधित्व गर्दै डा आलम यही वैशाख ३० गतेको स्थानीय तहको चुनावमा उठ्दैछन्। उनले रौतहटको राजपुर नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका छन्। समाजिक सेवा गर्ने र राजनीति मार्फत स्वास्थ्य क्षेत्रको विकास र सुधार गर्ने उनको योजना र सपना छ।

उनले भने, ‘मैले २०१८ मा भारतको नालन्दा मेडिकल कलेजबाट एमबीबीएस पुरा गरे। हाल नेपालमा पिजीको तयारी गरिरहेको अवस्थामा म राजनीतिमा होमिएको हुँ।’

चिकित्सक भएकाले पनि स्वास्थ्यका मुद्दाहरु आफ्नो प्रमुख एजेण्डा भएको उनी बताउँछन्। राजपुर नगरपालिकामा चिकित्सकको अभाव हुने गरेको सहज रुपमा स्वास्थ्य सेवा प्राप्त गर्न नसकेको उनले बताए। राजपुर नगरपालिकामा रहेका स्वास्थ्य चौकीहरुमा प्रसूति सम्बन्धी सेवाहरु अझै पनि सहज रुपमा उपलब्ध हुन सकेको छैन।

 

चिकित्सकको अभाव रहेको ठाउँमा चिकित्सकको पदपूर्ति गर्ने, प्रसूति सेवा सहज रुपमा उपलब्ध गराउने, उपचारमा आवश्यक पर्ने उपकरणहरु राख्ने, औषधिको अभाव हुन नदिने र स्वास्थ्य सेवालाई सहज बनाउने उनले बताए। स्वास्थ्य, शिक्षा, कृषि, आर्थिकको पाटोमा सुधार गर्न उम्मेदवारी दिएको उनले बताए।

उनी भन्छन्, ‘राजपुर नगरपालिकाको मेयरमा कांग्रेसको तर्फबाट मेरो उम्मेदवारी हो। राजपुर नगरको सर्वाङ्गण विकासको लागि स्वास्थ्य, कृषि, शिक्षा, आर्थिक समस्या समाधान गर्ने मेरो एजेण्डा हो।’

राजनीतिमा होमिए पनि चिकित्सकीय पेशालाई पनि सँगै लिएर जाने उनको तयारी छ। प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भएपनि चिकित्सकीय पेशामा आवद्ध रहने उनले बताए।

‘चिकित्सकीय पेशालाई पूर्णविराम लगाउँदिन। नगरप्रमुख भएपछि पनि नीजि स्वास्थ्य संस्थामा गर्ने अभ्यास हुँदैन।’ उनले भने, ‘तर आफैँले सक्दो स्वास्थ्य क्षेत्रमा केही भने गर्छु। स्वास्थ्य क्षेत्रमा मैले गर्न सक्ने कुरा प्रत्यक्ष वा अप्रत्यक्षमा रुपमा काम भने गरिरहन्छु।’

सबैको हौसला र साथका कारण आफूले मेयरमा उम्मेदवारी दिएको उनले बताए। राजपुर नगरपालिकाको मेयरमा जित्नेमा उनी ढुक्क छन्।

‘अग्रजहरुलाई सम्मान गर्दै युवाको नेतृत्व गर्दै समावेशी सहभागिताका साथ राजपुर नगरपालिकाको विकासका लागि राजनीतिमा होमिएको छु। सबैको साथ र हौसलाले उम्मेदवारी दिएको छु। त्यसैले अत्यधिक मतका साथ जित हासिल गर्नेमा म ढुक्क छु।’ उनले भने।

Previous Post

इनरुवामा पार्टीबाट एक मात्रै महिला प्रमुखको उम्मेदबारी

Next Post

स्थानिय चुनावको लागि रौतहटमा पालिका प्रमुखको लागि ४ सय १५ जनाको उम्मेद्वारी

Next Post

स्थानिय चुनावको लागि रौतहटमा पालिका प्रमुखको लागि ४ सय १५ जनाको उम्मेद्वारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana