Saturday, March 14, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

सीमाबाट १७४ जनाको उद्धार

सीमाबाट १७४ जनाको उद्धार

by नेपाल टाइमलाइन न्यूज
September 24, 2023
in Uncategorized
A A
0
सीमाबाट १७४ जनाको उद्धार
9
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । सुनसरी जिल्लाको कोसी गाउँपालिकाको सीमाक्षेत्रबाट छ वर्षको अवधिमा एक सय ७४ जनाको उद्धार गरिएको छ कोसी गाउँपालिका–८ स्थित भण्टाबारी नाकामा सूचना केन्द्र स्थापना गरी मानव बेचविखन न्यूनीकरण एवम् रोकथाम गर्न निगरानी बढाएपछि एक सय ७४ जनाको उद्धार गरिएको हो । भण्टाबारी नाकामा कोसी गाउँपालिका र प्लान इन्टरनेसनल नेपालको सहयोगमा कोकन नेपालसँगै सुरक्षाकर्मीले निगरानी गर्न थालेपछि बेचविखनमा परेका एक सय ७४ जनाको उद्धार गरी परिवारको जिम्मा लगाएको प्लान इन्टरनेसनल नेपालकी कार्यक्रम संयोजक अनु उपाध्यायले बताइन् ।

नेपालका कैयौं जिल्लाका किशोरी तथा बालबालिकालाई बेचविखनमा संलग्न गिरोहले विभिन्न प्रलोभन देखाएर भण्टाबारी नाका हुँदै भारतका विभिन्न सहरसम्म पु¥याउँदै आएकोमा सूचना केन्द्र स्थापना भएपछि भने उल्लेख्य सुधार आएको उनको दाबी छ ।२०७४ सालमा उक्त सूचना केन्द्र स्थापना भएदेखि २०८० भदौ महिनासम्म विभिन्न प्रलोभनमा पारी बेचविखन गर्ने उद्देश्यले लाँदै गरेका विभिन्न २० वटा जिल्लाका विभिन्न उमेर समूहका १ सय ७४ जनालाई उद्धार गरिएको सूचना केन्द्रका कर्मचारी पह्लाद आलमले जानकारी दिए ।दैनिक हजारौं ओहोर–दोहोर गर्ने भण्टाबारी नाकामा मानव बेचविखनविरुद्ध सक्रियता बढाइएपछि बेचविखन अपराधमा संलग्न गिरोहले अर्कै बाटो प्रयोग गर्न थालेको बताइएको छ ।  नाकामा मानव बेचविखन न्यूनीकरण एवम् रोकथाम गर्न निगरानी बढाएपछि महिला तथा बालबालिकालाई अवैध श्रम र शोषणका लागि भारत लैजाने गिरोहले बाटो परिवर्तन गरेको साझा सवालका लागि साझा मञ्च कोकन सुनसरीका कार्यक्रम संयोजक हेमन्तराज पौडेलले बताए । मुख्य राजमार्गसँग जोडिएको भण्टाबारी नाका मानव बेचविखनका लागि प्रयोग हुँदै आएकोमा यो नाकामा निगरानी बढेपछि मानव बेचविखन तथा ओसार–पसारमा संलग्न गिरोहले बाटो परिवर्तन गरेको उनको भनाइ छ ।गाउँपालिकालाई परियोजना हस्तान्तरण

‘मानव बेचविखनविरुद्धको अभियान रोकथाम नै समाधान’ भन्ने नाराका साथ सञ्चालित रोकथाम, पहिचान, शिक्षा र रूपान्तरण परियोजना कोसी गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।

प्लान इन्टरनेसनल नेपाल र कोसी गाउँपालिकाको सहयोगमा कोकनले सञ्चालन गरेको परियोजना शुक्रबार एक कार्यक्रम आयोजना गरी कोसी गाउँपालिकाको कार्यालयलाई हस्तान्तरण गरिएको हो । मानव बेचविखन रोकथाम गर्न अभिभावक अभिमुखीकरण कार्यक्रम, बेचविखनविरुद्ध महिला र किशोरी समूह निर्माणसँगै सरकारी तथा निजी विद्यालयका विद्यार्थीहरूलाई बेचविखन तथा ओसार–पसारविरुद्ध चेतनामूलक कार्यक्रम दिँदै आएकोमा अब सो कार्यक्रम गर्नुपर्ने दायित्व गाउँपालिकालाई हस्तान्तरण गरिएको प्लान इन्टरनेसनल नेपालले जनाएको छ ।छ वर्षको अवधिमा १ सय ७४ जनाको उद्धार गर्नुका साथै ८२ जना अभियन्ता उत्पादन गरेको, युवा स्रोत केन्द्र सञ्चालनमा ल्याएको, विपन्न महिलालाई तालिम दिई स्वरोजगार बनाएको, सामाजिक धारणा परिवर्तन गर्न सफल भएको जस्ता आफूहरूको उपलब्धि भएको कार्यक्रम संयोजक उपाध्यायले बताइन् । परियोजनाबाट मानव बेचविखनविरुद्ध सर्वसाधारण जागरुक बनेको हुँदा यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने भए पनि आर्थिक अवस्थाका कारण केही समस्या उत्पन्न भएको गाउँपालिकाकी उपाध्यक्ष अनितादेवी यादवले बताइन् । यद्यपि कोसी  गाउँपालिकाले  सीमामा तैनाथ सुरक्षाकर्मीहरूसँग सहकार्य गरेर मानव बेचविखन रोकथाम गर्न कर्मचारी नियुक्त गरेको हुँदा त्यसलाई यथावत् राखिने उनको भनाइ छ ।

Previous Post

घटना व्यवस्थापन सम्बनधी दुई दिने तालिम

Next Post

सिर्जनामा इनरुवाले विभिन्न दाताहरुको सहयोगमा संस्थामा अक्षयकोष स्थापना

Next Post
सिर्जनामा इनरुवाले विभिन्न दाताहरुको सहयोगमा संस्थामा अक्षयकोष स्थापना

सिर्जनामा इनरुवाले विभिन्न दाताहरुको सहयोगमा संस्थामा अक्षयकोष स्थापना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana