सुनसरी ।
सुनसरीको भोक्रहा नरसिंह गाउँपालिका ३ निवासी देवनारायण यादवको निधनको आठौ पुण्यतिथिमा नेपाल यादव सेवा समिति भोक्राहा नरसिंह समिति र जिल्ला समितिका सदस्यहरुले श्रद्धाञ्जली सहित शोकाकुल परिवारजनलाई सम्वेदना व्यक्त गरेको छ ।
नेपाल यादव सेवा समिति भोक्राहा नरसिंहका अध्यक्ष रमेश प्रसाद यादव, उपाधयक्ष हरिलाल यादव, जिल्ला अध्यक्ष भुवनेश्वर यादव, सचिव जयकृष्ण यादव, सदस्य मनोज कुमार यादव, अगुवा सत्रुघन यादव, चौरासी गुरुदेव यादव, नेपाल यादव सेवा समिति वडा अध्यक्ष सन्तोश यादव सहित दर्जन बढी यादवहरु निजको निवासमा परिवारका सदस्यहरुलाई सान्तवना सहित सम्वेदना व्यक्त गर्नुभयो । यादव समुदायमा सदस्यहरुको निधन भएपछि नेपाल यादव सेवा समिति मलामी जानेदेखी श्रद्धाञ्जली दिने र परिवारजन तथा शोकाकुल परिवारमा सान्तवना सहित धैर्यधारणको शक्ति प्रादन होस भन्दै कामना गर्दै सम्वेदना व्यक्त गर्दै आएको जनाएको छ । सोही क्रममा नेपाल यादव सेवा समितिमा आवद्ध समाजसेवी, मृदुभाषी, समुदायका मिलनसान देवनारायण यादवको निधनमा उहाँको परिवारमा सम्वेदना व्यक्त गर्दै उहाँको जिवनी माथि चर्चा गरिएको थियो ।





