इनरूवा । सुनसरी सदरमुकाम इनरुवामा एतिहासिक उराँव संग्राहालयको उद्घाटन भएको छ । उराँव सुमदायको जन्मदेखी मृत्युसम्मको संस्कार, संस्कृति, पेसा र पर्व तथा कलाकौशल सहितको सामग्रीहरु एकै ठाउँमा अवलोकन गर्न पाउने गरि एतिहासिक उराँव संग्राहालयको उद्घाटन भएको हो । नेपाल उराँव आदिवासि जनजाति प्रतिष्ठान सुनसरीको पहलमा निर्माण भएको तीन तल्ले भवनमा एतिहासिक उराँव संग्राहालयको इनरुवा नगरपालिका प्रमुख केदार भण्डारीले उद्घाटन गर्नुभएको छ । विहीबार प्रतिष्ठानका अध्यक्ष बेचन उराँवको अध्यक्षता र नगर प्रमुख भण्डारीको प्रमुख आथित्यतामा उराँव संग्राहालयको उद्घाटन भएको हो ।
संग्राहालयमा उराँव समुदायले खानेकुराको परिकारहरु, उनीहरुले प्रयोग गरेका बाजागाजाहरु, हातहतियारहरु, भान्सामा प्रयोग हुेन सामग्रीहरु, मेलापातमा लगाउने पहिरण, खेतबारीमा प्रयोग गर्ने कृषि औजार, जीविकोपार्जन गर्ने र पुर्खौली पेशाका झल्को दिने सामग्रीहरु समेत राखिएको प्रतिष्ठानका अध्यक्ष बेचन उराँवले जानकारी दिनुभयो । यसैबीच उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नगर प्रमुख भण्डारीले ऐतिहासिक जाती समुलाय सहित सम्पदालाई संरक्षण, संवर्धन तथा जगेर्ना गर्ने उद्देश्यका साथ उराँव संग्राहालय उद्घाटन गर्न पाउदाँ खुसी लागेको बताउनुभयो । संघीय सरकार र प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको पहल र सहयोगमा एक करोड २० लाख ७५ हजारको लागतमा भवन तथा संग्रहालय निर्माण भएको जनाएको छ ।
कार्यक्रममा नगरपालिकाका प्रमुख भण्डारीले इनरुवा चिनाउनका लागि संग्राहालय निर्माण गरेको भूमिकाको प्रशंसा गर्दै सङ्ग्रहालयको थप विकास र विस्तारका लागि सहयोग गर्ने बताउनुभयो । उद्घाटन कार्यक्रममा इनरुवा नगरपालिका ५ का वडा अध्यक्ष अनिल पोखरेल, इनरुवा २ का पूर्व वडा अध्यक्ष सुरेन्द्र यादव, प्रतिष्ठानका शारना उराँव, वडा सदस्यहरु, पूर्व माटो विज्ञ नुनुलाल उराँव सहितको उपस्थिती रहेको थियो ।