इनरुवा । सुनसरीको इनरुवा नगरपालिका २ स्थित बाल मन्दिर माध्यमिक विधालयले कोशी प्रदेश उधोग,कृषि तथा सहकारी राज्य मन्त्री रामप्रसाद महतोलाइ सम्मान गरेको छ।
विधालय व्यवस्थापन समिति अध्यक्ष सुरेन्द्र मेहता र प्रधानाध्यापक सत्य नारायण महतो सहितले प्रदेश राज्य मन्त्री महतोलाइ सम्मान गर्नु भएको छ। विधालयले एक कार्यक्रमको आयोजना गरी विधालयका चन्दा दाता, बिकास प्रेमी नेता एवम् सुनसरीको प्रदेश २ ख सभा सदस्य हुदै हालै कोशी प्रदेश राज्य मन्त्रीको जिम्मेवारी पाउनुभएको भन्दै दोसल्ला, सम्मान पत्र, खादा,फुल माला सहित रामप्रसाद महतोलाइ सम्मान गरेको विधालयले जनाएको छ।
सम्मानित राज्य मन्त्री महतोले विधालय शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी समेतलाई ध्यानमा राखेर काम गर्ने प्रतिवद्धता जनाउनु भयो।प्रदेश राज्य मन्त्री रामप्रसाद महतोलाइ सम्मान गर्ने कार्यक्रममा पूर्व प्रधानाध्यापक तेज नारायण मेहता, जनता मावि सिगियाका प्रधानाध्यापक धनिकलाल मेहता, विधालय व्यवस्थापन समिति महासंघ इनरुवा अध्यक्ष जयकृष्ण यादव, विधालयका शिक्षकहरु, विधालयका व्यवस्थापन समिति सदस्य, शिक्षक अभिभावक संघको पदाधिकारी हरुको उपस्थित रहेको थियो।