इनरुवा । सुनसरीको कोशी गाउँपालिका(१ स्थित घरबाट मोटरसाईकल चोरी गर्ने एक जना पक्राउ परेको छ ।कोशी गाउँपालिका(१ का अनिता देवी यादवको घरबाट प्रदेश नं।०२(०५० प १९४० नम्बरको टिभीएस कम्पनीको अपाचे आरटीआर १६० सीसीको मोटरसाईकल चोरी भएको भनेर जिल्ला प्रहरी कार्यालय सनुसरीमा आएको सूचनाको आधारमा मोटरसाईकलसहित चोरी गर्ने लक्ष्मण कुमार यादव पक्राउ परेको हो ।प्रहरीका अनुसार भोक्राहा नरसिंह गाउँपालिका ३ का २५ वर्षिय लक्ष्मण कुमार यादवले चोरी गरी लादै गर्दा फेला पारी चोरी गर्ने यादव र मोटरसाईकलसहित पक्राउ गरेको प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।भण्डारीका अनुसार यादवलाई सुनसरी जिल्ला अदालतमा सात दिनको म्याद थप गरी अनुसंधान भईहरेको छ । पच्छिलो समय सुनसरीमा मोटरसाईकल चोरीको घटना बढेको स्थानीयहरुले गुनासो गरेका छन् ।