Tuesday, April 21, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

जितिया पर्वको महिमामा खास विषेशता

जितिया पर्वको महिमामा संग्रहित र आधारीत व्रतकथाबाट शुरुवात गर्दछौंः

by नेपाल टाइमलाइन न्यूज
October 6, 2023
in मनाेरञ्जन
A A
0
जितिया पर्वको महिमामा खास विषेशता
11
SHARES
Share on FacebookShare on Twitter

संस्कृतमा ‘जिवित पुत्रिका’, हिन्दीमा जियतिया र नेपालमा तराइवासी मधेशी महिलाहरू ‘जितिया’लाई आफ्नो सन्तानको सुख, आनन्द र प्रगतिका निमित्त मनाइने एउटा उत्साहजनक चाडका रूपमा लिन्छन् र यसलाई जिवित पुत्र पर्वको रूपमा मनाइन्छ । यो पर्व अश्विनको अष्ठमी तिथीको कृष्ण पक्षको दिन मनाइन्छ । यो पर्व खासगरि आमाहरूले आफ्नो जिवित पुत्रहरूकालागि व्रत बस्ने गर्दछन् । महिलाहरु ‘निर्जला’ अर्थात पानी समेत सेवन नगरिकन २४ घण्टासम्म भगवान ‘जीतमहान गोँसाई’को पूजाआजा गरी कठोर व्रत बस्ने परम्परा रहिआएको छ ।

सर्वप्रथम आज हामी जितिया पर्वको महिमामा संग्रहित र आधारीत व्रतकथाबाट शुरुवात गर्दछौंः

एकादेशमा नर्मदा खोलाको किनारमा कञ्चनवती नाम गरेको एउटा गाउँ थियो र उक्त ठाउँमा राजा मलायकेतुले राज्य गर्दथे । खोलाको पश्चिमी किनारामा वलुहटा नाम गरेको एउटा मरुभुमी पनि थियो, त्यहि किनारमा एउटा पाखरको रुख थियो जसमा पोथी चील चरा बस्थि जसको रुखमुनी पोथी स्यालको वास थियो । उनिहरु दुवै साथीसाथी भए र एकदिन गाउँका अरु महिलाहरुले जस्तै उनिहरुले पनि भगवान जीतमहान गोँसाईको निर्जल व्रत बस्ने निर्णय गरे तर संयोगवश त्यसै दिन उनिहरु बस्ने मरुभुमीको छेउस्थित शहरको धनी ब्यापारीको छोरालाई ल्याएर गाडिन्छ, चीलले अरु महिलाहरुझैं ब्रत कायम राखेपनि स्याल भने गाडेको लाशको मासु सेवनगर्ने तिव्र इच्छालाई दबाउन नसकेर व्रत तोड्न पुग्दछे । अर्को जन्ममा यी दुवै चील र स्याल एउटै घरमा अनि व्राह्मण परिवारमा दिदि-बहिनीका रुपमा जन्मिन्छिन् ।

 

चील अब शिलवती नामकी व्राह्मण कन्याको रुपमा र उनकी वहिनी अर्थात स्यालको यस जन्ममा कपुरवती हुन्छे । शिलवतीको बुद्धिसेन भन्ने व्यक्तिसंग अनि वहिनी कपुरवतीको विवाह राजा मलायकेतुसंग हुन्छ । शिलवतीको सात जना सुन्दर पुत्रहरु हुन्छन् भने कपुरवतीको पुत्रको मृत्यु भएकाले उनि एकदमै दुखि र निरास हुन्छिन् । शिलवतीका छोराहरुले राजा मलायाकेतुकोमा काम गर्न थाल्दछन् र ति केटाहरु आफ्नी दिदिका पुत्रहरु भएको थाहा पाएपछि पूर्वजन्मकी स्याल अनि यो जन्मकि शिलवतीकी बहिनी कपुरवति रिसले चुरचुर हुन्छिन् । राजालाई भनेर ति सातैजना शिलवतीका पुत्रहरुको हत्या गर्न लगाई तिनको टाउकालाई रातो कपडामा बेरेर दिदिकोमा पठाउने षडयन्त्र गर्दछिन् । तर यो कुरा भगवान जीतमहान गोँसाईले थाहा पाएपछि सातै छोरालाई बचाउनुहुन्छ र ति सातैजना पुत्रहरुलाई अमृत दिएर अमर बनाउँदै उनिहरुको टाउकोको साटो माटोको टाउको रातो कपडामा बेरिन्छ । यसरी रातो कपडाले बेरीएको भाँडो शिलवतीको घरमा पुग्दा टाउकाको साटो फलफुलले भरिपूर्ण उपहारको रूपमा परिरणत हुन्छ ।

 

यता हत्याको योजना बुन्ने बहिनी कपुरवती आफ्नी दिदिको घरमा अब छोराहरुको मृत्यु र टाउको मात्रको आगमनले त्रसित, भयवित अनि रुवावासी भइरहेको होला भनि एकजना सेविकालाई बुझ्न पठाउँछिन तर शिलवतीको घरमा हर्ष उल्लास र खुशियाली छाएको सन्देशयूक्त खबर उनीहरूले ल्याएपछि राजा मलायकेतु अर्थात कपुरवतीका पतिले पक्कैपनि त्यो घरमा भगवानको कृपा छ भन्ने सोंच्दछन् ।

 

दिदिको खुशी सहन नसकि अव कपुरवती दिदिको घर पुग्दछिन् र आफूले सम्पूर्ण कुरा भन्दिन्छिन् । यसो भन्दैगर्दा शिलवतीलाई पूर्वजन्मको कुरा याद आँउछ जहाँ उनले चीलको रुपमा भएपनि भगवान जीतमहान गोँसाईको व्रत बसेकि थिइन् यो प्रसंग शिलवतीले बहिनीलाई भन्दछिन् र यो सुनेर बहिनी कपुरवति बेहोस हुन्छिन् जसलगत्तै उनको मृत्यु हुन्छ । यसै बेलादेखि भगवान जीतमहान गोँसाईको श्रद्दापूर्वक ढंगले आमाहरुले छोराछोरीको रक्षकालागि जितिया पर्वमा व्रतको परम्परा थालेको मान्यता रहिआएको छ ।

 

विशेषत तराई र अन्य स्थान लगायत भारत अनि संसारका धेरै देशमा वैदिक सनातन हिन्दु रित अनुसार आज जितियाको व्रत लिइन्छ । यो व्रत कुनै धनधान्य अनि ऐश्वर्यकालागि नभई नितान्त मातृस्नेह र मातृवात्सल्यको एउटा अद्भूत उदाहरण हो । अश्विन कृष्ण पक्षको सप्तमी देखि नवमीसम्म गरी तिनदिनसम्म मनाइने यो पर्वको प्रथम दिनलाई नहाई-खाई अर्थात् एकाविहानै उठी नजिकको जलाधार अथवा नदिमा गएर स्नान गरी तोरीको तेल र ‘खर’ चढाउने परम्परा रहिआएको छ । आमाहरुले स्नान गरेर मात्र यस दिन चोखो खानेकुरा सेवन गर्दछन् ।

 

दोश्रो दिन जिवितपुत्रीकाको दिन ‘अष्टमी’ र यसदिनलाई ‘खर दिन’ पनि भनिन्छ । खर भनेको एक प्रकारको घाँस हो र यो तराई का शितल नदीका किनारहरूमा बाक्लै भेटिन्छ । यसलाई विभिन्न धार्मिक सामाजिक कार्य लगायत गाउँतिर घरको छाना छाउन पनि प्रयोग गरिन्छ । तेश्रो दिनलाई पारण भनिन्छ र यस दिन खाना खाइन्छ, तिथि मितीमा तलमाथी परे अथवा एउटै तिथी दुइदिन परेमा कहिलेकाँही आमाहरुले तिनदिनसम्म निर्जल व्रत बस्नुपर्ने पनि हुन्छ ।

 

त्यसै गरि थारु समूदायमा जितियालाई उत्तिकै महत्वका साथ लिइन्छ । जितियालाई बिजय अर्थात् जितका रुपमा लिदैं नवलपरासी अनि चितवनका महिलाहरुले तिनदिनसम्म महत्वका साथ जितीया मनाउँदछन् । भगवान बिष्णु, शिव र भगवान सूर्यलाई पूजा अर्चना गर्दछन् । पारम्परीक गीत, सङ्गीतका साथमा नाचगान सहित जितिया पर्व मनाइन्छ । प्रकृतीको अर्चना पनि थारु समूदायको जितियाको एउटा महत्वपूर्ण पाटो हो । थारु समूदायले जितियामा नाच्ने नाचलाई ‘झ्याम्टा’ भनिन्छ । यस समूदायले ब्रहमथानमा गाउने पानीका देवताको एउटा विशेषखाले गीत हुन्छ जसलाई ‘जतसरी’ भनिन्छ । पिपलको हाङ्गा काटेपछि थारु महिलाहरुले गाउने एउटा अर्को पारम्परीक विशेष गीत छ जसलाई ‘दारकाटोनी’ भनिन्छ । जितिया पर्वमा खुला आकाशमुनी सम्पूर्ण गीत अनि नृत्य प्रदर्शन गर्ने गरिन्छ ।

 

थारु समूदायमा पिपलको हाङ्गा काटेर अनि धानका बिरुवाहरु उखेलेर गाउँको बिचमा गाईको गोबरले लिपेर राखिन्छ, यसरी लिपेर तयार पारीएको ठाँउलाई ‘थाट’ भनिन्छ । बहुभाषीक अनि बहुसंस्कृतीयूक्त हाम्रो देश नेपालमा जितिया पर्वले धेरै समूदाय, भाषा अनि संस्कृती मान्नेहरुलाई एकैथलोमा भेला पार्दछ ।

 

अझ विशेष रूपले नेपालको मिथिलाञ्चलमा एकदमै प्रचलित यो पर्वको विशेष परिकारको आकर्षण भनेको ‘झोर भात’ अर्थात् झोल भनेको तरकारी लगायतका कुराको रस र सामान्य भात अनि ‘नोनीको साग’ र ‘मडूवा’ अर्थात कोदोको रोटी हो ।

 

खानेकुराको स्वाद त समय अनि भान्छा अनुसार परिवर्तन हुनसक्ला तर एउटी आमाको आफ्नो सन्तानप्रतिको माया सदियौंदेखि उत्तिकै पवित्र अनि मातृमिठासले भरिपूर्ण छ । सबै आमाका छोराछोरीको रक्षा होस्, सबै छोराछोरीले आमालाई माया गरुन्, जितियाको प्रसाद अनि आशिषले सम्पूर्ण नेपाली समाजलाई बलियो र एकापसी सहकार्यमा मजबूत बनाउन सहयोग गरोस्, जितियाको अपार शुभकामना !

Previous Post

आचार्य श्रीनिवास पाँच सय जरीवाना तिरेर रिहा

Next Post

विकासमा फड्को मार्दै हरिनगर गाउँपालिका -अध्यक्ष अन्सारी

Next Post
विकासमा फड्को मार्दै हरिनगर गाउँपालिका -अध्यक्ष अन्सारी

विकासमा फड्को मार्दै हरिनगर गाउँपालिका -अध्यक्ष अन्सारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana