Saturday, April 18, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

प्रभातफेरी गरेर सुनसरीमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान सुरु

प्रभातफेरी गरेर सुनसरीमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान सुरु

by नेपाल टाइमलाइन न्यूज
November 25, 2023
in समाचार
A A
0
प्रभातफेरी गरेर सुनसरीमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान सुरु
9
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको सदरमुकाम सहित विभिन्न स्थानीय तहहरुमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान सुरु गरेको छ । सनिबार प्रभातफेरी र र्याली, कोण सभा र अन्तरकृया छलफल सहितको कार्यक्रम गरी लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान सुरु गरेको हो । जिल्लामा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान मूल आयोजक समिति, लैगिंक हिसाँ नियन्त्रण जिल्ला संजाल समितिको आयोजना तथा जिल्ला स्थित गैरसरकारी संस्था महासंघ, इनरुवा नगरपालिका, इन्सेक, उधोग बाणिज्य संघ, महिला मानव अधिकार रक्षकहरूको जिल्ला सञ्जाल, मानव अधिकार सञ्जाल लगायतका संस्थाहरूको समन्वयमा प्रभातफेरी गर्दै अभियानको उद्घाटन गरिएको हो ।

प्रभातफेरी कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, जिल्ला प्रहरी कार्यालयका एसपि विपिन रेग्मी, इनरुवा नगरपालिकाका सविना सिग्देल, लैगिंक हिसाँ नियन्त्रण जिल्ला संजाल समितिका सदस्य सत्यनारायण मेहता, गैरसरकारी संस्था महासंघका अध्यक्ष मेघराज न्यौपाने, इनरुवा नगरपालिका महिला बालबालिका शाखा प्रमुख दिपा पोखरेल, इन्सेकका जयकृष्ण यादव, उधोग बाणिज्य संघका अध्यक्ष वीरेन्द्रकुमार साह, महिला मानव अधिकार रक्षकहरूको जिल्ला सञ्जालका कमला खत्वे, मानव अधिकार सञ्जालका संयोजक रमेश भट्टराई लगायतको सहभागिता रहेको थियो ।

उक्त प्रभातफेरी पछि आयोजित कोण सभा कार्यक्रममा बोल्नुहुदै प्रमुख जिल्ला अधिकारी पाण्डेले महिला हिंसा विरुद्धको अभियान जनस्तरमा जागरुकता फैलाउने र महिला हिंसा न्यूनीकरण गर्ने कार्यमा सबै सरकारी तथा गैरसरकारी संस्थाहरूसँग समन्वय आवश्यक रहेको बताउनुभयो । प्रजिअ पाण्डेले महिला हिंसा, यौन हिंसा, बलात्कार तथा घरेलु हिंसा लगायतका घटना सहेर नबस्न समेत आग्रह गर्नुभयो । दिवश र अभियानका सफलताका लागि सबैले आआफूमा लैगिंक हिसाँ नगर्ने र हिसाँ नसहने प्रतिवद्धताको आवश्यक रहेको बताउनुभयो ।

सोही कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका एसपी विपिन रेग्मीले लैगिंक हिसाँ पीडितको उजुरीको आधारमा पीडक माथि छिटोछरितो तरिकाले कारबाही हुने गरी कार्य गरिरहेको बताउनुभयो । उहाँले प्रदेश सरकार र प्रहरीको कार्यतालिका अनुसार अभियानको १६ दिन नै विभिन्न सचेतनामूलक कार्यक्रम गरि मनाइने जानकारी दिनुभयो ।

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको शुरुवात महिला विरुद्धको हिंसा अन्त्यका लागि सन् १९९१ मा सेन्टरफोर ओमन्स ग्लोवल लिडरसीपको सहयोगमा विभिन्न २३ देशका उत्साहित महिला अधिकारकर्मी समुहले गरेको थियो । त्यसपछि हरेक २५ नोभेम्बर देखि १० डिसेम्बरसम्म अन्तर्राष्ट्रिय अभियानका रुपमा विश्वव्यापी रुपमा मनाउँदै आएको पाईन्छ । हाल १६ दिने अभियानलाई विश्वभर मनाउन थालेको ३२ वर्ष भइसकेको छ ।

Previous Post

स्विजरल्याण्डको सांसद तथा हेल्भेटासका अध्यक्ष रिजद्धारा सुनसरीमा सामीको कार्यक्रम अनुगमन 

Next Post

कोशीमा प्रतिस्थापन विधेयकः प्रदेशको बजेट ३६ अर्ब ७४ करोड पुग्यो

Next Post
कोशीमा प्रतिस्थापन विधेयकः प्रदेशको बजेट ३६ अर्ब ७४ करोड पुग्यो

कोशीमा प्रतिस्थापन विधेयकः प्रदेशको बजेट ३६ अर्ब ७४ करोड पुग्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana