Saturday, April 18, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान समापन

लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान समापन

by नेपाल टाइमलाइन न्यूज
December 10, 2023
in समाचार
A A
0
लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान समापन
9
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीमा मङ्सिर ९ गतेबाट सुरु भएको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको आइतबार समापन गरिएको छ । जिल्ला प्रहरी कार्यालय तथा लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल सुनसरीको आयोजनामा अभियानको समीक्षा कार्यक्रम गर्दै अभियानको औपचारिक रुपमा समापन गरिएको हो ।

 

प्रहरी उपरीक्षक विपिन रेग्मीको अध्यक्षता तथा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीको प्रमुख आतिथ्यमा १६ दिने अभियान कार्यक्रमको समापन गरिएको हो । सभापन कार्यक्रममा वक्ताहरुले लैङ्गिक हिंसा कम गर्नका लागि हिंसा नगर्ने र हिंसा नसहने प्रतिबद्धताका साथ अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा महिला मानवअधिकारकर्मी सरस्वती लुइँटेल केसीले लैङ्गिक हिंसाविरुद्ध अभियानको क्रममा सचेतना कार्यक्रममा सहजीकरण गर्दै कमला खत्वेले भन्नुभयो, कानुनको पालन सबै नागरिकले गर्नुपर्नेमा जोड दिनुभयो ।

 

त्यसैगरी गैरसरकारी संस्था महासङ्घका अध्यक्ष मेघराज न्यौपानले अहिले पनि गाउँमा धेरै अशिक्षित महिला भएका र हिंसामा परेपछि कहाँ जाने के ? के गर्ने भन्ने जानकारी नभएको गाउँठाउँमा अभियानका क्रममा सचेतनाका कार्यक्रम भएको बताउनुभयो ।

 

प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले अभियानका क्रममा १२ स्थानीय तहका एक सय १६ स्थानमा विभिन्न सचेतनामूलक कार्यक्रम गरिएको जानकारी दिनुभयो । उहाँले हिंसा कहाँ, कसरी ? कोबाट ? भएको र त्यसको उजुरी कहाँ गर्ने, हिंसा सहेर नबस्ने विषयमा प्रशिक्षण दिने काम पनि गरेको बताउनुभयो । अभियानका क्रममा ६ हजार बढी नागरिक, महिला र बालबालिकाहरुलाई अभियानसँगै हिंसा नगर्न न हिंसा भएको खण्डमा न्यायको खोजी गर्न र सहेर नबस्न आग्रह गरिएको बताउनुभयो ।

 

हिंसामा परेपछि प्रहरीमा जाने भन्ने जानकारी भएपनि मुद्दा मामिलाका कुरा थाहा नभएको अवस्थालाई चिर्दै न्याय प्राप्त गर्न सहज बाटो रोज्न सचेतना दिएको जनाएको छ ।उता इनरुवा नगरपालिका ९ बबियाका विद्यार्थी बालबालिकालाई बालविवाहविरुद्धको सचेतना कार्यक्रम अन्तर्गत अभिमुखीकरण गरिएको छ ।

 

हिंसाका प्रकृति धेरै प्रकारका छन् । बालविवाह, बलात्कार, यौनजन्य दुर्व्यवहार, बालविवाह, घरेलु हिंसा, बहुविवाह, दाइजो हिंसा, गाली बेइज्जती, बोक्सी आरोप, मानव बेचबिखन तथा ओसारपसार यी सबै हिंसा हुन् । अधिकारकर्मी तथा मेलमिलापकर्ता जयकृष्ण यादवले भन्नुभयो कानुनले बर्जित गरेका हिंसात्मक गतिविधिलाई सहेर बस्नुभन्दा कानुनी उपचार खोल्नुपर्ने बताउनुभयो। हिंसा गर्ने लैगिक हिंसाजन्य गतिविधि गर्नेलाई कानुनी सजाय हुने व्यवस्था रहेको जानकारी दिनुभयो ।

 

कार्यक्रममा इनरुवा नगपालिकाका नगर उपप्रमुख विनीतकुमारी मेहता, निमित प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्टराई, उद्याेग वाणिज्य सङ्घ इनरुवाका अध्यक्ष वीरेन्द्रकुमार साहसहितले अभियानका क्रममा तालिम र अभिमुखीकरण गरिएको बताउनुभयो । उता ७५ औं विश्व मानव अधिकार दिवस भव्यताका साथ जिल्लामा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

Previous Post

विभिन्न क्षेत्रमा योगदान गर्नेहरुलाई मानव अधिकार समुहले गरे सम्मान

Next Post

विराटनगर मेट्रो न्यूरो अस्पताल: मृत घोषणा गरेर शवगृहमा राखेको व्यक्ति जीवित पाइएको भन्ने समाचार झुटो रहेको

Next Post
विराटनगर मेट्रो न्यूरो अस्पताल: मृत घोषणा गरेर शवगृहमा राखेको व्यक्ति जीवित पाइएको भन्ने समाचार झुटो रहेको

विराटनगर मेट्रो न्यूरो अस्पताल: मृत घोषणा गरेर शवगृहमा राखेको व्यक्ति जीवित पाइएको भन्ने समाचार झुटो रहेको

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana