विराटनगर । शान्ति युवा क्लबको आयोजना गरेको विज्ञान प्रदर्शनी प्रतियोगिताको उपाधि सत्यनारायण माध्यमिक विद्यालयले जितेको छ ।
विराटनगरस्थित ईडेनवर्ग कलेज परिसरमा भएको प्रतियोगिताको उपाधि सत्यनारायण मा वि ले जितेको हो ।
त्यसैगरी मनितारा सेकेण्डरी बोर्डिङ्ग स्कुल द्वितीय, सगरमाथा बोर्डिङ्ग स्कुल तृतीय भएको छ ।
प्रतियोगितामा ७ वटा स्कुल र कलेजका गरी २९ वटा टिमको सहभागीता रहेको शान्ति युवा क्लबका अध्यक्ष विपुल चौधरीले जानकारी दिए।
विजेता टिमलाई ट्रफी,प्रमाण पत्र र मेडल वितरण गरिएको थियो ।
कार्यक्रममा कोशी प्रदेशका सांसद भीम पराजुली,विराटनगर-११ का वडाध्यक्ष तिर्थेन्द्र न्यौपाने,वसिम आलम,कृष्ण कार्की लगायतको उपस्थिति रहेको थियो।