Tuesday, February 17, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

भोक्राहा नरसिंह गाउँपालिकामा विकासको लहर

by नेपाल टाइमलाइन न्यूज
February 3, 2024
in स्थानीय समाचार
A A
0
भोक्राहा नरसिंह गाउँपालिकामा विकासको लहर
34
SHARES
Share on FacebookShare on Twitter

दिपेन्द्र यादव  इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकालाई हेर्दा त्यस्तै लाग्छ, सिंहदरबार केन्द्रित अधिकार गाउँ पुगेबाट यहाँ विकासको लहर आएको छ ।

भोक्राहा नरसिंह गाउँवासीका आधारभूत आवश्यकतासँग प्रत्यक्ष जोडिएका आयोजनाहरु क्रमबद्ध रुपमा विकासोन्मुख रहेका छन्, जिल्लाको दक्षिणी क्षेत्रमा रहेको यो गाउँपालिका भित्रका जो कोही नागरिक तथा सेवाग्राहरुले पनि सहजै यस्तै अनुभुत गर्न सक्छन् ।

त्यस्तै दाेश्राे कार्यकालका लागि भोक्राहा नरसिंह गाउँपालिकामा जननिर्वाचित जनप्रतिनिधिहरुले स्थानीय स्तरमा लामो समयसम्म रहेका नागरिकका अधिकारसँग जोडिएका समस्याहरु समाधान गर्न थालेकाे पालिका अध्यक्ष अध्यक्ष अजमल अख्तर आजादले बताएका छन् भने पालिकाको आर्थिक बढोत्तरीका लागि विकास निर्माणका कामले समेत गति लिन थालेको “विकास प्रेमी” प्रमुख प्रशासकीय अधिकृत सुर्वण घिमिरेले कथन रहेको छ ।

उनलेे बताएअनुसार दोश्रो कार्यकालका लागि निर्वाचित जनप्रतिनिधिहरु आएपछि भोक्राहा नरसिंह गाउँपालिकाको प्रशासनिक कार्यालय भाडाको भवनबाट आफ्नै भवनमा सेवा प्रवाह सुरु गरेको झन्डै ८ महिना सम्पन्न भइसकेको छ भने उता वडा कार्यालयहरुको प्रशासनीक भवनहरुको निर्माण काम प्राथमिकता साथ सम्पन्न भइरहेको छ ।

उता भोक्राहा नरसिंह गाउँपालिकाको वडा नंं. १ , २, ५, ७ र ८ आफ्नै प्रशासनीक भवनबाट सेवा प्रवाह गरिरहेका छन् । भने वडा नं.३, ४ र ६ को प्रशासनीक भवन निर्माण काम सम्पन्न भईसकेको र केही महिनाभित्र आफ्नै भवनमा सर्ने तयारी थालिएको योजना शाखाका योजना सहायक रामचन्द्र यादवले जानकारी दिएका छन् ।

यता योजना सहायक रामचन्द्र यादवका अनुसार भोक्राहा नरसिंह गाउँपालिकाको बहुवर्षे योजना अन्तरत यस आर्थिक वर्ष २०८०/०८१ मा झन्डै १४ किलोमिटर सम्मको बाटो कालोपत्रे गर्नका लागि ठेक्का लागिसकेको र फाल्गुन महिनाभित्र कालोपत्रे सुरु हुने बताए ।

भोक्राहा नरसिंह गाउँपालिकाको वडा नम्बर ४ को चिरौली चौक देखी वडा नम्बर १ ढोक सम्मको ४२ सय मिटर, वडा नम्बर ५ को बैष्णौ आयल निगम देखी टपरा टोल सम्म ३२ सय मिटर, वडा नम्बर ६ को मोडेल चौक देखी रहमान टोल सम्मको १.५ किलोमिटर सम्मको बाटो, वडा नम्बर ६ कै अर्को बाटो सुकसेना शाखा नहर हुदैँ सहन्सा मंसुरीको घरदेखी पुर्व जनता चौक जोड्ने १२ सय मिटर सम्मको बाटो र वडा नम्बर ८ हुलाकी राजमार्ग स्थित लकडाउन चौकदेखी बोर्डर सम्मको बाटो ३४ सय मिटर बाटो निर्माणको काम सुरु गर्ने तयारी थालिएको पालिकाका इन्जिंयर आशिष निखिल साहले जानकारी दिएको छ ।

Previous Post

भाेक्राहा नरसिंह गाउँपालिकाका पुर्व अध्यक्ष यादवले घर–घरमा दिपावली मनाउन अनुरोध

Next Post

गोरखापत्रकर्मी यादवसहित तीन पत्रकार पुरस्कृत

Next Post
गोरखापत्रकर्मी यादवसहित तीन पत्रकार पुरस्कृत

गोरखापत्रकर्मी यादवसहित तीन पत्रकार पुरस्कृत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana