Tuesday, February 17, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

धरानमा विमानस्थल बनाउन असम्भव भनेपछि हर्क साम्पाङको आक्रोशः ‘तेरो नियमावली, थु

धरानमा विमानस्थल बनाउन असम्भव भनेपछि हर्क साम्पाङको आक्रोशः ‘तेरो नियमावली, थु

by नेपाल टाइमलाइन न्यूज
February 27, 2024
in मुख्य खबर
A A
0
धरानमा विमानस्थल बनाउन असम्भव भनेपछि हर्क साम्पाङको आक्रोशः ‘तेरो नियमावली, थु
9
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल बनाउन सम्भव नहुने जनाएपछि धराने मेयर हर्क साम्पाङ आक्रोशित भएका छन्।

साम्पाङ्ले बारम्बार धरानमा विमानस्थल बनाउँने दाबी गर्दै आएपछि उक्त स्थानमा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि प्राधिकरणले समिति गठन गरेको थियो। साम्पाङले काठमाडौँ पुगेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई विमानस्थल बनाउन आग्रह पनि गरेका थिए।

साम्पाङको आग्रहमा मन्त्री किरातीले नागरिक उड्डयन प्राधिकरणलाई उक्त स्थानमा विमानस्थल बनाउनका लागि सम्भाव्यता अध्ययन गर्न निर्देशन दिएका थिए। मन्त्रीको निर्देशनपछि अध्ययन गर्न गठित समितिले धरानमा विमानस्थल बनाउनु नीतिगत र प्राविधिक विषयले सम्भव नहुने निष्कर्ष निकालेको छ।

उक्त समितिले हवाई नीति, २०६३ अनुसार धरानमा विमानस्थल बनाउन सम्भव नहुने देखाएको छ। उक्त नितिमा तराई तथा भित्री मधेशमा विमानस्थल बनाउँदा नजिकको विमानस्थलको दुरीबाट कम्तीमा ४० नटिकल माइल हुनुपर्ने उल्लेख छ। तर धरानबाट विराटनगर करिब २३ नटिकल माइलको दूरीमा भएकाले धरानमा विमानस्थल बनाउन सम्भव नहुने निष्कर्ष निकालेको हो। त्यतै प्राधिकरणले धरानमा हवाई सेवा दीर्घकालीन र व्यावसायिक नहुने पनि बताएको छ।

प्राधिकरणको निष्कर्षसँगै धरानका मेयर हर्क साम्पाङले सामाजिक संजाल फेसबुकबाटै प्राधिकरणलाई चुनौती दिएका छन्। उनले प्राधिकरणले रोकेपनि धरानमा विमानस्थल बनाएरै छोड्ने अराजक अभिव्यक्ति दिएका छन्। उनले भनेका छन्, ‘तेरो नियम संशोधन गरेर भए पनि विमान स्थल बनाउनेछौँ ! ज्यादा नखोक् ! संविधान त परिवर्तन हुन्छ भने त्यो नाथे तेरो नियमावली ? थु…’

Previous Post

सुनसरीमा ओली आउने कार्यक्रममा इटहरीका मेयर रोक्ने र एमाले ल्याउने प्रतिष्पर्धामा

Next Post

इनरुवामा खानेपानी उपभोक्ता समितिको चुनाव 

Next Post
इनरुवामा खानेपानी उपभोक्ता समितिको चुनाव 

इनरुवामा खानेपानी उपभोक्ता समितिको चुनाव 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana