इनरुवा । सुनसरीको सदरमुकाम इनरुवामा रहेको जिल्ला अस्पातल सुनसरीमा विरामीको विस्वाश बढ्दै गएको छ । इनरुवा अस्पतालमा सेवा राम्रो दिन थालेपछि सेवाग्राहीको चाप समेत बढेको अस्पतालका प्रमुख डा. श्रेया पंगेनीले जानकारी दिनुभयो ।

डाक्टर पंगेनीले दैनिक ओपीडी सेवा, एक्सरे सहित ल्याब सेवा र २४ सैं घण्टा इमेरजेन्सी सेवा दिईरहेकोले विरामीको चाप बढ्दै गएको बताउनुभयो । उहाँले विगतको भन्दा सेवाग्राही बढेसगैं अस्पतालको आम्दानी समेत बढेको जानकारी दिनुभयो । विगतमा दैनिक ५० देखी ६० हजार कारोबार हुनै आएकोमा अहिले दैनिक एक लाख रुपियाँसम्मको कारोबार भईरहेकाले सोही अनुसार आम्दानी समेत बढेको दावी गर्नुभयो । उहाँले स्वास्थ्य विमामा उल्लेख गरेको सबै औषधीहरु पाईरहेको समेत बताउनुभयो ।
युरिन कल्चर र डेण्टल एक्सरे ,भिडियो एक्सरे समेतको व्यवस्था रहेको पंगेनीले बताउनुभयो । डा.पंगेनीले आईसियु सेवाका लागि प्रयासरत रहेको प्रतिकृया दिनुभयो । विरामी आउने क्रम समेत बढेकाले अस्पातल प्रतिको विस्वास बढेर आएको सहजै अनुमान गर्न सकिने उहाँको भनाई छ ।
उता फरक प्रसंगमा जिल्ला अस्पातलको परिसरमा निर्माण भईहरेको सौचालय १० लाख रुपियाँमा निर्माण भएको कुरा हल्ला मात्रै रहेको अस्पतालका प्रमुख डा. श्रेया पंगेनीले प्रष्ट पार्नुभएको छ । केही सामाजिक सञ्जालमा आएको झुठो कुराको खण्डन गर्नुहुदै पंगेनीले उक्त सौचालय ६ लाख २० हजार रुपियाँको रहेको बताउनुभयो । उहाँले चमेना गृह र एम्बुलेनस समेत रोक्ने ठाउँलाई ध्यानमा राखेर पायक पर्ने स्थानमा सौचालय निर्माण भइरहेको र कुनै अनियमितता समेत नभएको प्रतिकृया दिनुभयो । उक्त सौचालय अरिम कन्ट्रक्सनले निर्माणको ठेक्का पाएर काम गरिरहेको समेत खुलाउनुभएको छ ।





