Monday, February 16, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी अधिवक्ता सुरज सेजुवाललाई

नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी अधिवक्ता सुरज सेजुवाललाई

by नेपाल टाइमलाइन न्यूज
May 1, 2024
in समाचार
A A
0
नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी अधिवक्ता सुरज सेजुवाललाई
11
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिले केन्द्रीय प्रवक्ताको रुपमा अधिवक्ता सुरज सेजुवाललाई जिम्मेवारी दिएको छ। अधिवक्ता सुरज सेजुवाल स्थायी रुपमा जुम्ला घर भई हाल नेपाल विद्यार्थी संघको सक्रिय राजनीतिमा रचनात्मक रुपले लागिरहेका छन्। केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम उनलाई प्रवक्ताको जिम्मेवारी दिईएको हो।

लामो समयदेखि नेपाल विद्यार्थी संघको सक्रिय राजनीतिमा देखिएका अधिवक्ता सुरज सेजुवालको लामो राजनीतिक पृष्ठभूमि रहेको छ। अधिवक्ता सेजुवाल २०६१ सालमा नेविसंघको साधारण सदस्य भई सक्रिय राजनीतिमा लाग्दै आएका हुन। २०६५ सालमा नेविसंघ स्ववियु निर्वाचन व्यवस्थापन एवं सुरक्षा समिति, जुम्ला बहुमुखी क्याम्पसको संयोजकको रुपमा काम गरेको, २०७० सालमा नेविसंघ नेपाल ल क्याम्पस ईकाई समितिको सचिव पदको उम्मेदवार भएको, २०७२ सालमा नेविसंघ कानुन समन्वय समितिको उपाध्यक्षको रुपमा काम गरेको, २०७२ सालमा नेविसंघ दुर शिक्षा तथा खुला विश्वविद्यालय समन्वय समिति संयोजक भएको, नेविसंघ ११औँ महाधिवेशन २०७२, मा महाधिवेशन प्रतिनिधि, नेपाल ल क्याम्पसमा २०७३ सालमा स्ववियु सभापतिको रुपमा प्रत्यासी, नेपाल ल क्याम्पसको नेविसंघ ईकाई सभापतिको रुपमा २०७५ साल देखि २०७९ साल सम्म काम गरेको, आफु कानुन अध्ययनरत हुँदै गर्दा २०७३ सालदेखि हालसम्म गुणस्तरीय कानुनी शिक्षा एवं कानुन विश्वविद्यालय स्थापनार्थ “कानुनी शिक्षा सुधार अभियान” को संयोजक भई उक्त अभियानलाई विभिन्न चरणमा नेतृत्व गरेको, २०८० मा नेविसंघ केन्द्रीय सदस्यको रुपमा मनोनित हुँदै हाल नेविसंघ केन्द्रीय कार्यसमितिमा सक्रिय रुपमा राजनीति गरिरहेका अधिवक्ता सुरज सेजुवाललाई केन्द्रीय कार्यसमितिले प्रवक्ताको जिम्मेवारी प्रदान गरेको हो।

 

विभिन्न शैक्षिक गतिविधि लगाएतका अध्ययन अनुसन्धानमा विशेष रुचि राख्ने अधिवक्ता सेजुवालले त्रि.वि कानुन संकायबाट LL.M in Commercial Law and International Law सम्मको अध्ययन योग्यता बनाएका छन्। उनले विद्यार्थी राजनीतिलाई विशुद्ध राजनीतिबाट अलिकति अलग राखेर शैक्षिक बहसको मुद्दालाई शिरोधार्य गरि शैक्षिक अभियानको रुपमा बुझ्नुपर्ने राय दिँदै आएका छन्।

Previous Post

इनरुवामा गैरकानुनी काम कक्षा ८ को ग्रेड वृद्धि परीक्षामा मोनोपोली पूर्ण ग्रेड वृद्धिको नतिजा सार्वजनिक गर्ने समयमा अझै परिक्षाकै तयारी 

Next Post

माता तिर्थआंैसीमा जेष्ठ आमाहरुलाई सम्मान

Next Post
माता तिर्थआंैसीमा जेष्ठ आमाहरुलाई सम्मान

माता तिर्थआंैसीमा जेष्ठ आमाहरुलाई सम्मान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana