Saturday, April 18, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

‍बर्जु गाउँपालिकामा वातावरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

‍बर्जु गाउँपालिकामा वातावरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

by नेपाल टाइमलाइन न्यूज
June 26, 2024
in स्थानीय समाचार
A A
0
‍बर्जु गाउँपालिकामा वातावरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
14
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । सुनसरीको बर्जु गाउँपालिकामा वातावरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक आयोजनामा वातावरण सम्बन्धी कार्यक्रम सम्पन्न भएको हो । गाउँपालिकाका सरोकारवालाहरूसँग इन्सेकले कार्यक्रम गरेको जनाएको छ। सुनसरी मोरङ र झापाका सरोकारवालाहरूलाई लक्षित गरेर वातावरण संरक्षण तथा प्रवर्धन को कार्यान्वयनको अवस्था बारेमा प्रदेश स्तरीय छलफल कार्यक्रम सम्पन्न भएको हो। इन्सेका प्रदेश प्रमुख सोमराज थापाले वातावरण संरक्षण सम्बर्धन गर्नका लागि स्थानीय सरकार प्रदेश सरकार र संघीय सरकारको नीति तथा कार्यक्रम के कस्तो अवस्थामा रहेको र त्यसको कार्यान्वयन कुन चरणमा रहेको भन्ने बारेमा सरोकारवालाहरूसँग छलफल गरिएको हो। थापाले विकासका लागि विनाश गर्न नहुने तर्क गर्नुभयो। कार्यक्रम मानवअधिकार समूह बर्जुक अध्यक्षतामा दीप नारायण चौधरीका अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा साविक अमाही बेला गाविसका पूर्व अध्यक्ष बालेश्वर चौधरीले वातावरण संरक्षणका लागि सरकारको ऐन तथा नीति नियम बलियो हुनुपर्नेमा जोड दिनुभयो उहाँले गाउँपालिकामा वृक्षारोपणदेखि उद्योगको फर व्यवस्थापन हाट बजारको फोहर व्यवस्थापन खुला दिशामुक्त क्षेत्र कार्यान्वयन र नागरिकको स्वास्थ्य हावापानी बाँच्न पाउने अधिकारलाई सुनिश्चित गर्न जरुरी रहेको बताउनुभयो। उहाँले वातावरण संरक्षणको सम्बन्धमा कुरा मात्र होइन काम गर्नुपर्ने आवश्यक रहेको बताउनुभयो। उहाँले स्थानीय पालिका स्थानीयवासी र सबै पक्ष मिलेर सचेतनामूलक कार्यक्रम सहित आआफ्नो ठाउँमा वातावरण संरक्षणको लागि योगदान गर्नुपर्ने जरुरी रहेको बताउनुभयो उहाँले बालबालिकाहरूलाई शिक्षा दिनका लागि अभिभावक समेत सचेत हुन जरुरी रहेको बताउनुभयो मानिसको सबै खाले जनजीविका वातावरण जोडिएकाले त्यसमा सबै संरक्षणको लागि जुट्नुपर्ने बताउनुभयो। त्यसैगरी स्थानीय सुरेन्द्र प्यास कार्यालय स्थानीय सरकार सबै खालको कार्यक्रममा वातावरणलाई उच्च प्राथमिकता दिनुपर्ने बताउनुभयो। वातावरण संरक्षणका लागि एउटा रुख काट्दा त्यो ठाउँमा अर्को बिरुवा रोप्नुपर्ने कुहिने र नकुहिने वस्तुलाई छुट्याएर व्यवस्थापन गर्नुपर्ने नीतिगत व्यवस्थाको लागि पहल गर्नुपर्ने विपद व्यवस्थापन समितिलाई सक्रिय बनाउनुपर्ने जरुरी रहेको बताउनुभयो। त्यसैगरी कार्यक्रममा बर्जु ५ का बेचन मेहताले खुला दिशामुक्त क्षेत्र घोषणा कार्यक्रमलाई कार्यक्रम गर्नुपर्ने बताउनुभयो नियम नीति बनाएर कार्यान्वयन गरे मात्रै सक्छ र स्वस्थ वातावरण उपभोग गर्न पाउने बताउनुभयो। त्यसैगरी रेखा सरदारले वातावरण संरक्षणमा सबैको एक्यबद्धता आवश्यक रहेको बताउनुभयो। सडकबाट भएर पनि अतिक्रमण बढेकोप्रति सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका थिए। स्थानीय पार्वती चौधरीले डुबानको समस्या बजार व्यवस्थापनको समस्या र फोहर व्यवस्थापनलाई ध्यानमा राखेर काम गर्नुपर्ने बताउनुभयो त्यसैगरी अङ्कर सरदारले स्टन सुगर मिलको ध्वनि प्रदूषण वायु प्रदूषण र जल प्रदूषण कारण आफूहरूलाई बस्न समेत समस्या भएको गुनासो गर्नुभयो। त्यसैगरी इन्सेक कि कार्यक्रम संयोजक बागमती कट्टेलले कार्यक्रमको औचित्य बारेमा बोल्नुभएको थियो। कार्यक्रममा जयकृष्ण यादवले सहजीकरण गरेको दिपेन्द्र झाले जानकारी दिनुभयो।

Previous Post

प्रेमिकाले धोका दिएको भन्दै सम्हालिन नसक्दा परिवारमा बज्रपात

Next Post

हिमदीप क्लिनिकले शनिबार 50 % छुट ल्याब र भिडियो एक्स- रे 

Next Post
हिमदीप क्लिनिकले शनिबार 50 % छुट ल्याब र भिडियो एक्स- रे 

हिमदीप क्लिनिकले शनिबार 50 % छुट ल्याब र भिडियो एक्स- रे 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana