वैशाख ३० गते । सुनसरीको सदमरमुकम समेत रहेको इनरुवा नगरपालिका ७ नम्बर वडा अध्यक्षमा नेकपा माओवादी केन्द्र पार्टीका उम्मेदबार दुर्गेश चौधरीले आफ्नो वडामा प्रचारप्रसार जारी राख्नुभएको भएको छ । चौधरीले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै वडामा घरदैलौ सहित चुनावी प्रचारप्रसार तीव्र पार्नुभएको छ । स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ता गरेसँगै चौधरीले इनरुवा नगरपालिका ७ मा गोलागार भित्र हसिया हथौडा छापमा मतदान, वडालाई विकासको सम्मान भन्दै चुनावी चहलपहल तीव्र पार्नुभएको हो ।
राजनैतिक दलहरूले उम्मेदवारी दर्ता गरेपछि आम–मतदाता पनि उत्सुक हुँदै, योग्य, कर्मठ, विकासप्रेमी, जनसेवा गर्ने, विकास र न्यायका लागि भिजन बोकेका उम्मेदवारलाई जिताउन चुनावी अभियान नै सुरु गरेको बताउनुभयो । चौधरीले वडाको विकास र समृद्धिका लागि वडा अध्यक्षको पदमा उम्मेदवारी दिएको बताउदै आफूलाई मतदान गर्न आग्रह गर्दै मत मागिरहनुभएको छ । चौधरीले विजयी हासिल गरेपछि वडामा जनपक्षिय विकास, सडक, विद्युत्, स्वास्थ्य, शिक्षा, खानेपानी र रोजगारीका क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । विकासको सुनिश्चितता कायम राख्नको लागि वडा अध्यक्षको लागि उम्मेदवारी दिएको बताउनुभयो । चौधरीले सत्य संसारसंग इनरुवामा अन्तरवार्ता दिदै विकासका लागि मतदाताले आफूलाई मतदान गर्ने दावी गर्नुभयो ।