इनरुवा । भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर अजादले नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा सम्पूर्ण गाउँपालिका बासिन्दालाई शुभकामना व्यक्त गरेका छन्। उनले तीज पर्वले महिलाहरूको एकता, संघर्ष, र सांस्कृतिक पहिचानलाई मजबुत बनाउन सहयोग गर्ने उल्लेख गर्दै, यसले समाजमा शान्ति, समृद्धि, र समभावको विकास होस् भन्ने कामना गरेका छन्।
उपाध्यक्ष सुनिता कुमारी उराऊ र प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले पनि तीज पर्वको शुभकामना व्यक्त गर्दै, यस पर्वले महिलाहरूको हक, अधिकार, र सामाजिक स्थानलाई सशक्त बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
तीज पर्वलाई सामाजिक समानता र लैंगिक विभेदको अन्त्यतर्फ अघि बढाउने अवसरको रूपमा हेरिएको छ। अध्यक्ष अजादले तीजले समाजमा विद्यमान कुरीतिहरूलाई समाप्त गर्न र समतामूलक समाजको निर्माणमा योगदान पुर्याउने आशा व्यक्त गरे।