विराटनगर । सुनसरीको गढी गाउँपालिकामा फ्यान अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। इलाका प्रहरी कार्यालय दुहबीको आयोजनामा र गढी गाउँपालिकाको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा लागुपदार्थ दुर्व्यसन विरुद्धको अभियान फ्यानका जिल्ला सल्लाहकार जयकृष्ण यादव र सदस्य शम्भु अधिकारीले सहजीकरण गर्नुभएको थियो। यादवले फ्यान बुलेटिन र भित्ते पत्रिकाको बारेमा प्रशिक्षण दिनुभएको थियो भने अधिकारिले फ्यानको स्थापना, आवश्यकता र रणनीतिबारे जानकारी गराउनुभएको थियो।
प्रहरी कार्यालय दुहबीका सन्देश सावाले लागुपदार्थ दुर्व्यसन र देश सम्बन्धी कानुनबारे जानकारी दिएका थिए। साथै, ९ विद्यालयका फ्यान क्लबका विद्यार्थीहरूलाई फ्यान अंकित टि-शर्ट वितरण गरिएको थियो।
यस कार्यक्रममा गढी गाउँपालिकाका अध्यक्ष आश नारायण चौधरी, उपाध्यक्ष अनिता कुमारी साह, प्रहरी निरीक्षक मोहन पोखरेल, प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर खड्का र वडा अध्यक्ष प्रभाकर माझी लगायतका व्यक्तिहरू उपस्थित थिए।