इनरुवा । नेपाली कांग्रेसका संस्थापक र नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री श्रद्धेय बिश्वेश्वर प्रसाद (वीपी) कोइरालाको १११ औं जन्म जयन्तीको अवसरमा नेपाली कांग्रेस भोक्राहा नरसिंह गाउँ कार्यसमितिले एक विशेष कार्यक्रम आयोजना गर्यो। भोक्राहा नरसिंह-४, जामिया मदर्शा छेउको इदगाह फिल्डमा सम्पन्न उक्त कार्यक्रम अन्तर्गत २०० विभिन्न उन्नत जातका बिरुवा रोपिएका छन्।
कार्यक्रमको अध्यक्षता नेपाली कांग्रेस भोक्राहा नरसिंहका उपसभापति मुस्तक मियाले गरेका थिए भने प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य माननीय इस्राइल मन्सुरी थिए। कार्यक्रममा नेपाल मुस्लिम संघ सुनसरीका सभापति तथा भोक्राहा नरसिंह-४ का वडा अध्यक्ष हारुन अन्सारी, नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. ४ का सहकारी विभाग प्रमुख राजेन्द्रप्रसाद मेहता, नेपाली कांग्रेस भोक्राहा नरसिंहका सचिव कृपाराम मेहता, सहसचिव र नेपाल विद्यार्थी संघ सुनसरीका उपसभापति सेराज हुसेन, भोक्राहा नरसिंह-६ का वडा अध्यक्ष सराजुद्दिन अन्सारी, नेपाली कांग्रेस भोक्राहा नरसिंह-६ का सभापति जमालुद्दिन मन्सुरी, र स्थानीय नेता मिथलेश यादव, रामेश्वर खत्वे, सुनिल कुमार साह, धर्मनाथ भगत, श्यामदेव मेहता लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो।