इनरुवा । पशु स्वास्थ्य र पशु विकास अभियन्ता विष्णु निरौला द्वारा आयोजित कोशी प्रदेश सरकारका वन, वातावरण तथा पर्यटन मन्त्री सदानन्द मण्डलको स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
स्वागत कार्यक्रममा नव नियुक्त पर्यटन, वन र वातावरण मन्त्री सदानन्द मण्डललाई स्वागत तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।
कार्यक्रममा मन्त्री ,पशु स्वास्थ्य र पशु विकास अभियन्ता विष्णु निरौला ,पत्रकार, स्थानीय बुद्धिजीवी, कृषकहरू, लगायतको उपस्थित रहेको थियो।
कार्यक्रममा मन्त्री मण्डलले आफ्नो स्वागतको लागि आभार प्रकट गर्दै पशु स्वास्थ्य र विकासको अभियानमा पूर्ण सहयोग दिने प्रतिबद्धता जनाएका थिए । भने ,उहाँले निमन्त्रणा स्वीकार गरेर कार्यक्रममा भाग लिएकोमा सराहना गर्दै भविष्यमा स्वास्थ पशु – खुसि किशान स्वच्छ उत्पादन – हाम्रो अभियानलाई निरन्तर समर्थन गर्ने विश्वास लिएको छ ।





