इनरुवा । सशस्त्र प्रहरी बल लौकही पोस्टले भारतबाट अवैध रूपमा ल्याइएका ६० हजार रुपैयाँ मूल्य बराबरका पटका बरामद गरेको छ । चाडपर्वको चहलपहल नजिकिँदै गर्दा जिल्लामा प्रवेश गर्न लागेको पटका पक्राउ गरिएको हो । बीओपी BOP लौकहीले तस्कर नियन्त्रणमा सुरक्षा व्यवस्था कडा गरेको जानकारी दिएको छ।