सुनसरी । हरिनगर गाउँपालिकामा संविधान दिवस २०८१ भव्यताका साथ मनाइएको छ। बिहीबार आयोजित कार्यक्रममा कोशी प्रदेशसभा सदस्य इसराइल मन्सुरीले पानसमा बत्ती बालेर झन्डोत्तलन गरी उद्घाटन गरेका थिए।
विद्यार्थीहरूले कविता, गजल र गीत प्रस्तुत गर्दै उपस्थित दर्शकहरूलाई मनोरञ्जन प्रदान गरे। पहिलोपटक सुस्त श्रवण हुने व्यक्तिहरूका लागि दोभाषे अनुवादको व्यवस्था गरिएको थियो।
भने उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। वक्तृत्व कला, चित्रकला र हाजिरी जवाफमा प्रथम, द्वितीय र तृतीय हुने छात्र-छात्राहरूलाई सम्मानित गरिएको छ।
पालिका प्रमुख प्रशासकीय अधिकृत रोहिणी आचार्यले नेपालको संविधान २०७२ लाई संसारको उत्कृष्ट कानूनी दस्तावेजको रूपमा चिनाए। उपाध्यक्ष रिमझिम भगतले वर्तमान संविधानले महिलाहरूको हकहितमा महत्वपूर्ण काम गरेको बताइन्।
गाउँपालिका अध्यक्ष गफार अन्सारीले २०७२ सालको संविधानलाई मूल्यांकन गर्दै कुण्ठित अधिकारलाई जनतामाझ फुकुवा गर्ने क्षमताको उल्लेख गरे।
मुख्य अतिथि इसराइल मन्सुरीले सहमति र सहकार्यबाट बनेको संविधान परिवर्तनशील भएकाले उत्कृष्ट भएको धारणा राखे। कार्यक्रममा बोल्ने वक्ताहरूले संविधानका विषयमा असन्तुष्टिहरू पनि व्यक्त गरे, तर सत्तारूढ गठबन्धनले संशोधनको प्रतिबद्धता व्यक्त गरेकोमा आशा व्यक्त गरे।