सुनसरीको कोशी गाउँपालिकामा नेकपा एमालेका तर्फबाट उम्मेदबारहरुले घरदैलो जारी राखेका छन् । एमालेका उम्मेदबारहरु आफ्ना मतदाताको घरआगनमा नै पुगेर समस्या बुझ्दै घरदैलो जारी राखेका छन् । आफ्नो पक्षमा मतदानको लागि आग्रह गर्दै राम्रा र सार्थक कामहरुलाई उत्कृष्ट बनाउने र विकास गर्ने भएकाले नेकपा एमालेका उम्मेदबारहरुलाई मतदानका लागि अपिल गर्दै घरदैलो जारी राखेको पार्टीले जनाएको छ । एमालेले कोशीको श्रीपुर र हरिपुर क्षेत्रमा घरदैलो जारी राख्दै विकास तथा जनताको माग, आवश्यकता र चाहना समेत बुझ्ने र घरदैलो गर्ने क्रममा मतदाताहरुले मतदान एमालेका पक्षमा गर्ने साकारात्मक आश्वासन दिएको एमालेका गाउँकमिटि अध्यक्ष रामखेलावन साहले जानकारी दिनुभयो । सुनसरीको कोशी गाउँपालिकाको अध्यक्ष पदमा एमाले पार्टीका उम्मेदबार अजय कुसियैत र उपाध्यक्षका उम्मेदबार अनिता कुमारी उराँवले घरदैलौ र प्रचारप्रसार कार्यमा व्यस्त बन्नुभएको छ । उम्मेदबारी दिएपछि घरदैलौ जारी राख्नुभएका उम्मेदबारहरु मतदाताको बाहुल्य रहेको श्रीपुर र हरिपुर क्षेत्रमा घरदैलो जारी राख्नुभएको छ । कुसियैतले गाउँपालिकाको अध्यक्ष पदमा सूर्य छापमा मतदान गरि गाउँ तथा वडालाई विकासको सम्मान गर्न आग्रह गर्नुभएको छ । राजनैतिक दलहरूले उम्मेदवारी दर्ता गरेपछि आम–मतदाता पनि उत्सुक हुँदै, योग्य उम्मेदवारलाई जिताउन चुनावी अभियान नै सुरु गरेकोमा वडाको विकास र समृद्धिका लागि अध्यक्षको पदमा उम्मेदवारी दिएको कुसियैतले मतदान गर्न आग्रह गर्दै मत मागिरहनुभएको छ । कुसियैतले विजयी हासिल गरेपछि गाउँ तथा वडामा सडक, विद्युत्, स्वास्थ्य, शिक्षा र रोजगारीका क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । विकासको सुनिश्चितता कायम राख्नको लागि अध्यक्षको लागि उम्मेदवारी दिएको बताउनुभयो । अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष तथा सदस्यका उम्मेदबारहरु पनि घरदैलोमा रहनुभएको पार्टीले जनाएको छ ।
https://fb.watch/cUyCbjNMsA/