Friday, April 17, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

निर्वाचनका लागि आइपुगेका सामग्री मतदान केन्द्रमा पठाउने तयारी

निर्वाचनका लागि आइपुगेका सामग्री मतदान केन्द्रमा पठाउने तयारी

by नेपाल टाइमलाइन न्यूज
May 9, 2022
in चुनावी समाचार, समाचार, स्थानीय समाचार
A A
0
निर्वाचनका लागि आइपुगेका सामग्री मतदान केन्द्रमा पठाउने तयारी
12
SHARES
Share on FacebookShare on Twitter

इनरुवा, बैशाख २६ गते । सुनसरीमा स्थानीय तह निर्वाचनका लागि आइपुगेका सामग्री मतदान केन्द्रमा पठाउने तयारी भएको जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ ।
निर्वाचनका क्रममा आवश्यक पर्ने नङमा लगाउने मसी, स्ट्याम्प प्याड, लाहा, मैनबत्ती लगायतका विभिन्न सामग्री मतदान केन्द्रमा पठाउने तयारीमा रहेको प्रमुख निर्वाचन अधिकारी कृष्ण पौडेलले जानकारी दिनुभयो ।
वहाँका अनुसार जिल्लाका दुई उपमहानगरपालिका, चारवटै नगरपालिका र छ वटा गाउँपालिका सहित १२ स्थानीय तहका ५८१ मतदान केन्द्रमा पठाउन विभिन्न सामग्री विभाजन गरी पोका बनाउने काम सकिएको र पठाउने काम भईरहेको छ ।
निर्वाचनका लागि तयार पारिएको सामग्री टाढा मतदान केन्द्रमा सोमबार पठाइने छ भने नजिकका मतदान केन्द्रमा वैशाख २७ गते मंगलबार निर्वाचन सामग्री पठाइने पौडेलले बताउनुभयो ।
“मतदान अधिकृत र सहायक मतदान अधिकृत, कर्मचारी नियुक्त गर्ने र तालिम प्रदान गरी मतदान केन्द्रमा पठाउने तयारी भइरहेको छ’’, उहाँले भन्नुभयो, “मतदान अधिकृत र सहायक मतदान अधिकृतको तालिम सकिएको र अन्य कर्मचारी नियुक्ति गरेर ओरियण्टेशन गराई मतदान केन्द्रमा पठाउदैछौँ ।’’ बैशाख २७ गतेसम्म कार्यालय स्थापना गरी सूचना टाँस गर्नुपर्ने उहाँले बताउनुभयो । धेरै काम पूरा भइसकेको समेत जानकारी दिनुभयो । यसअघि नै विभिन्न स्थानका मतदान केन्द्रको अनुगमन गरिएको थप स्थानको अनुमगन पनि तीव्र पारिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।
यादवका अनुसार सुरक्षित र भयरहित तबरबाट सहज रूपमा मतदातालाई मतदान गर्ने वातावरण बनाउन सुरक्षा निकाय प्रमुखसहित विभिन्न स्थानमा अनुगमन गरिएको छ । निर्वाचनका लागि सबै मतदान केन्द्रको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुहुदै मूख्य निर्वाचन अधिकृत कैलास प्रसाद सुवेदीले मतपत्र र सामग्री सुरक्षित राख्ने स्थान निर्माण गरी सामग्री पठाउनुपर्ने भएकाले सुरक्षा निकायबाट अनुगमन भएको बताउनुभयो ।
मूख्य निर्वाचन अधिकृत कैलास प्रसाद सुवेदीले उम्मेदबारहरुलाई चुनाव चिन्ह प्रदान, मतदान अधिकृतलाई तालिम दिने काम भएको, मतदान केन्द्रमा मतदाताका लागि कुल पाँच लाख ७८ हजार मतपत्र आएको जानकारी दिनुभयो । मतपेटिका र मतपत्र सहितको आवश्यक सबै सामग्री सुरक्षित साथ पठाउने काम सुरु गरेको बताउनुभयो ।
उता सुनसरीमा पाँच लाख ३४ हजार ७६५ मतदानले मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालय सुनसरीका सूचना अधिकारी अजय मिश्रले जानकारी दिनुभयो । सुनसरीमा सबैभन्दा बढी मतदाता इटहरी उपमहानगरपालिकामा छ भने सबैभन्दा कम मतदाता बर्जु गाउँपालिकामा रहेको सूचना अधिकारी मिश्रले बताउनुभयो ।
सुनसरीको १२ पालिकामध्ये धरान नगरपालिकामा कूल एक लाख ३२४ मतदाता रहेका छन् । इटहरी उपमहानगरपालिका कूल एक लाख चार हजार ६२६ मतदाता रहेका छन् ।
इनरुवा नगरपालिकामा ४२ हजार ४४८ मतदाता, दुहबी नगरपालिकामा ३६ हजार ७३० मतदाता, बराहक्षेत्र नगरपालिकामा ६३ हजार ६०८ मतदाता, रामधुनी नगरपालिकामा ४१ हजार ४७८ मतदाता छन् । कोसी गाउँपालिकामा २६ हजार ४६६ मतदाता, गढी गाउँपालिकामा २३ हजार ८१७, देवानगञ्ज गाउँपालिकामा २३ हजार ५७८, बर्जु गाउँपालिकामा २२ हजार ४६७ मतदाता , भोक्राहा नरसिंह गाउँपालिकामा २४ हजार १०१,
हरिनगर गाउँपालिकामा २४ हजार ८२२ मतदाता रहेको सूचना अधिकारी मिश्रले बताउनुभयो ।
वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा जिल्लामा १६६ मतदान स्थल र ५८१ मतदान केन्द्र रहेको जनाएको छ । धरानमा १०७, इटहरीमा १११, इनरुवामा ४७, दुहबीमा ४२, बराहक्षेत्रमा ६७, रामधुनीमा ४४, कोसीमा २९, गढीमा २७, देवानगञ्जमा २६, बर्जुमा २५, भोक्राहा नरसिंहमा २८ र हरिनगरमा २८ गरी कूल ५८१ मतदान केन्द्रबाट मतदान हुने जिल्ला निर्वाचन कार्यालय सुनसरीका सूचना अधिकारी मिश्रले बताउनुभयो ।

 

Previous Post

कुसियैतलाई मतदाताको साथ रहेको दावी

Next Post

कोशीमा विकासका लागि जसपा आवश्यक ः यादव

Next Post
कोशीमा विकासका लागि जसपा आवश्यक ः यादव

कोशीमा विकासका लागि जसपा आवश्यक ः यादव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana