इनरुवा । स्वतन्त्र पत्रकार संघ सुनसरी जिल्ला कार्यसमिति र जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमिल्सिना बिच भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ।
स्वतन्त्र पत्रकार संघ नवनिर्वाचित सुनसरी जिल्ला कार्यसमितिले कार्यक्रममा जिल्लाका समसामयिक विषय, शान्ति सुरक्षाको अवस्था, र पत्रकारहरूको सुरक्षाबारे गहन छलफल भएको थियो। मानव अधिकारको रक्षा र ऐन-कानूनको परिधिभित्र रहेर शान्ति सुव्यवस्था कायम गर्नका लागि समन्वयात्मक रूपमा अघि बढ्ने विषयमा सहमति भएको छ।
कार्यक्रममा स्वतन्त्र पत्रकार संघले जिल्लाको शान्ति सुरक्षालाई मजबुत बनाउँदै नागरिकका अधिकार र पत्रकारहरूको सुरक्षाको सुनिश्चितताका लागि प्रहरी प्रशासनले सशक्त भूमिका खेल्ने विश्वास व्यक्त गर्यो ।
जिल्ला सचिव रविन्द्र कुमार यादवले शान्ति सुरक्षाका लागि प्रहरी प्रशासनसँग सहकार्य गर्दै जिल्लाको समृद्धि र शान्ति कायम गर्न सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनु भयो।





