रविन्द्र यादव विराटनगर । सिराहाकाे, लहान भू तथा जलाधार व्यवस्थापन कार्यालयकाे मधेश प्र-०१-००१६ ००80 नम्बरको सरकारी गाडी दुरुपयोग गरेको फेला परेको छ ।
भू तथा जलाधार व्यवस्थापन कार्यालयकाे सरकारी गाडीको वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत प्रवीण कुमार सिंहले दुरुपयोग गरेको फेला परेको हो । सिंहले सरकारी सवारी साधनको कानुनी नियम प्रक्रिया समेतको उल्लङ्घन गर्दै अर्को चालककाे नाममा सनिवार पास लिएर आफैंले चलाएका कारण गाडीको दुरुपयोगसंगै गाडी चलाएको विषयमा विवाद उत्पन्न भएको छ।
शनिबार लिएको सवारी पासमा सवारी चालकको नाम लक्ष्मण महतो उल्लेख भए पनि अधिकृत सिंहले आफैंले गाडी चलाएर मोरङ हुँदै र पश्चिमतर्फ आइरहेको बर्जु गाउँपालिका तिम्रा खोला नजिके गाडी पछाडि गरेर किचन खोजेको प्रयासमा लागिएको भन्दै विवाद बाहिर आएको हो । सुनसरीको टेङ्ग्रा खोला नजिक साँझपख पूर्वबाट पश्चिमतर्फ गइरहेको सवारी साधनले एक मोटरसाइकल चालकलाई पछाडिबाट किच्न प्रयास गरेको आरोप छ। यसरी नियम उल्लङ्घन गर्दै सरकारी सवारी साधनको दुरुपयोग गरिएको विषयमा बुझ्दा, ईलाका प्रशासन कार्यालय लहानका उप-सचिव गोकर्ण राज सुयलले कानुनअनुसार कारबाही गरिने बताउनुभयाे।
सवारी पास ईलाका प्रशासन कार्यालय लहानबाट जारी गरिएको थियो, जसमा सवारी साधन सीमित क्षेत्रमा मात्र प्रयोग गर्न अनुमति थियो। तर, दायरा बाहिर मोरङ हुँदै पश्चिमतिर बर्जु गाउँपालिका शुक्रबारे हाट नजिकै सवारी साधन प्रयोग गरेर आफैंले गाडी चलाउनुका साथै दुर्घटनाजन्य गतिविधि गरिनुले सरकारी नियमप्रति गैरजिम्मेवारी देखाएको स्पष्ट हुन्छ।घटनाका सम्बन्धमा थप जानकारी लिएर इलाका प्रशासन उप-सचिव गोकर्ण राज सुयल दोषीमाथि कडा कारबाही गर्ने बताएको छ।





