सुनसरी । साबिक ओरावनी-५, हाल गढी गाउँपालिका-२ मा श्री काली दुर्गा माताको मूर्ति स्थापना तथा प्राण प्रतिष्ठा समारोह शुक्रबार भव्य रूपमा सम्पन्न भएको छ।
पूर्व गृहमन्त्री तथा उपप्रधानमन्त्री विजय कुमार गच्छदार को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वन तथा वातावरण मन्त्री सदानन्द मण्डल ले सुनसरी जिल्लाको विकासमा आफ्नो विशेष योगदान रहने बताउँदै धार्मिक तथा विकास निर्माणका कार्यहरूलाई प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रममा सुनसरी क्षेत्र नम्बर ३ का प्रदेशसभा सदस्य रामदेव यादव, बुद्धिजीवी, स्थानीय नेता, पत्रकार तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
धार्मिक तथा विकास निर्माण कार्यलाई प्राथमिकता वन तथा वातावरण मन्त्री मण्डलले पट्यान वर्ष २०८१ लक्षित गर्दै धार्मिक कार्यहरूलाई पहिलो प्राथमिकतामा राखेको बताउँदै, गढी गाउँपालिकामा विकास निर्माणमा अझै टेवा पुर्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो।
सुनसरी क्षेत्र नम्बर ४ का संघीय सांसद ज्ञानबहादुर कार्की र पूर्व गृहमन्त्री विजय गच्छदारको ठुलो योगदान रहेको भन्दै मन्त्री मण्डलले विकास निर्माणलाई गति दिने कार्यमा सरकार सधैँ प्रतिबद्ध रहने उल्लेख गर्नुभयो।
उक्त समारोह श्री काली दुर्गा मन्दिर मूर्ति स्थापना तथा प्राण प्रतिष्ठा मूल समारोह समिति, गढी गाउँपालिका-२, ओरावनी, सुनसरी द्वारा आयोजित गरिएको थियो।





