Thursday, February 5, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

मेनपावरको नाममा ठगी गर्दै हिड्ने प्रदीप राउत प्रहरीको फन्दामा

मेनपावरको नाममा ठगी गर्दै हिड्ने प्रदीप राउत प्रहरीको फन्दामा

by नेपाल टाइमलाइन न्यूज
February 2, 2025
in समाचार
A A
0
मेनपावरको नाममा ठगी गर्दै हिड्ने प्रदीप राउत प्रहरीको फन्दामा
10
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । ठगी आरोपमा झापा मेचिनगरका प्रदीप राउतलाई प्रहरीले पक्राउ गरेको छ। बैंकिङ कसुर मुद्दामा संलग्न रहेको भन्दै महाराजगञ्ज प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

राउतविरुद्ध १९ लाख ५० हजार र १५ लाख गरी दुईवटा चेक बाउन्सको जाहेरी परेको थियो। मेनपावर व्यवसायको आडमा ठगी गर्दै आएका उनले करोडौंको जग्गा किन्ने बहाना गर्दै धनाढ्य व्यक्तिहरूलाई जालमा पार्ने गरेको खुलेको छ।

काठमाडौं चपल कारखानास्थित अल शाहिद ओभरसिज (लाइसेन्स नं. १३२९/०७४/०७५) का निर्देशक बताउने राउतको नाममा उक्त मेनपावर दर्ता नभएको खुलासा भएको छ। सो कम्पनी बलराम भट्टराईको स्वामित्वमा रहेको कम्पनी रजिस्ट्रार कार्यालयले जनाएको छ।

राउतले आफ्ना सम्भावित शिकारलाई अफिसमा बोलाई चिया खुवाउने, महँगो गाडी देखाउने र आफू प्रभावशाली व्यक्ति भएको भन्दै ठगी गर्ने गरेको खुलेको छ। उनले “यो मेरो अफिस हो” भन्दै पैसा उठाउने र अफिसकै चेक दिएर “धरोटीमा हुन्छ, मैले नतिरे पनि धरौटीबाट कट्टा हुन्छ” भन्दै विश्वास जित्ने गरेको पिडितहरूले बताएका छन्।

झापाको बिर्तामोडमा ‘जानकी ओभरसिज’ को शाखा सञ्चालन गरेका राउत त्यहाँ बदनाम भएपछि काठमाडौं आएका थिए। काठमाडौं एयरपोर्ट नजिकै ‘सीडी ह्युमेन रिसोर्सेज’ नामक मेनपावरमा पार्टनरका रूपमा केही समय संलग्न भए पनि पैसाको हिसाब नमिल्दा त्यहाँबाट बाहिरिएका थिए। त्यसपछि उनले ‘अल शाहिद ओभरसिज’ मा आफू मालिक रहेको भन्दै ठगी धन्दा चलाएका थिए।

राउत प्रहरी र सेनाका उच्च अधिकारीहरूसँग सम्बन्ध रहेको बताउँदै आफ्नो पहुँच देखाएर ठगी गर्ने गरेको पत्ता लागेको छ। नाम नखुलाउने सर्तमा एक मेनपावर व्यवसायीले भने, “उनी आफ्नो होइन, अरूको नाममा दर्ता भएको मेनपावरको मालिक भएको नाटक गरेर ठगी गर्छन्। मलाई पनि ठगे। उनलाई कडा कारबाही हुनैपर्छ।

हाल प्रहरी हिरासतमा रहेका राउतविरुद्ध थप अनुसन्धान भइरहेको छ।

Previous Post

ओरावनीमा काली दुर्गा माताको मूर्ति स्थापना तथा प्राण प्रतिष्ठा सम्पन्न

Next Post

सरस्वती पुजामा प्रतिभा प्रस्फुटन 

Next Post
सरस्वती पुजामा प्रतिभा प्रस्फुटन 

सरस्वती पुजामा प्रतिभा प्रस्फुटन 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana