Tuesday, February 24, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

सुनसरी प्रहरीले होली सुरक्षा योजना किन सार्वजनिक गरेन?

सुनसरी प्रहरीले होली सुरक्षा योजना किन सार्वजनिक गरेन?

by नेपाल टाइमलाइन न्यूज
March 13, 2025
in मुख्य खबर
A A
0
सुनसरी प्रहरीले होली सुरक्षा योजना किन सार्वजनिक गरेन?
12
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । होली पर्व नजिकिएसँगै सुनसरी प्रहरीको मौनताले सुरक्षाको विषयलाई लिएर स्थानीयवासी चिन्तित बनेका छन्। होली पर्व दुई दिनसम्म मनाइन्छ, जसअनुसार आज पहाडी क्षेत्रमा होली मनाइँदैछ भने भोलि तराई क्षेत्रमा उल्लासपूर्वक मनाइने तयारी छ। तर, सुनसरी जिल्ला प्रहरी कार्यालयले कुनै विशेष सुरक्षा योजना सार्वजनिक नगर्नु गम्भीर विषय बनेको छ।

होलीको नाममा हुने अराजक गतिविधि नियन्त्रण, सार्वजनिक स्थानमा हुने अवाञ्छित गतिविधि रोकथाम, मादक पदार्थ सेवन गरी सवारी चलाउनेविरुद्ध कारबाही, तथा बलजफ्ती रंग लगाउने घटनालाई नियन्त्रण गर्न कुनै आधिकारिक रणनीति बाहिर आएको छैन।

जिल्ला प्रशासन कार्यालय, सुनसरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) धर्मेन्द्र कुमार मिश्रले होली मर्यादित र सुरक्षित बनाउन सुझाव दिएका छन्। साथै, उनले आम नागरिकलाई सचेत रहन आग्रह गर्दै शुभकामना व्यक्त गरेका छन्। तर, सुरक्षा व्यवस्था कडा बनाउने, निगरानी बढाउने वा सम्भावित जोखिम न्यूनीकरण गर्ने विषयमा प्रहरी प्रशासनको कुनै स्पष्ट धारणा बाहिर आएको छैन।

नेपालको संविधान, फौजदारी संहिता, ट्राफिक नियम तथा अन्य कानुनी व्यवस्थाहरूले होली पर्व मनाउने क्रममा हुने अराजक गतिविधिहरूलाई नियन्त्रण गर्न विशेष कानुनी अधिकार प्रहरीलाई दिएको छ।

नेपालको फौजदारी संहिता, २०७४ को दफा ११८ अनुसार कसैले जबर्जस्ती रंग दल्ने, पानी छ्याप्ने, दुव्र्यवहार गर्ने वा अवाञ्छित कार्य गरेमा कानुनी कारबाही हुन सक्छ।

नेपालको फौजदारी संहिता, २०७४ को दफा १२१ अनुसार सार्वजनिक शान्ति भंग गर्ने, होहल्ला गर्ने वा आमनागरिकलाई असहज हुने गतिविधि गरेमा कानून अनुसार कारबाही हुनसक्छ।

विशेष गरी युवाहरूबीच झगडा, ट्राफिक उल्लङ्घन, महिला तथा बालबालिकामाथि दुर्व्यवहार जस्ता विषयमा सुरक्षा रणनीति कस्तो छ भन्नेबारे स्पष्ट जानकारी दिइएको छैन।

स्थानीयवासीका अनुसार, होलीका नाममा मादक पदार्थको दुरुपयोग, जबर्जस्ती रंग दल्ने, महिलामाथि दुर्व्यवहार, मोटरसाइकल र अन्य सवारीसाधनमा अवाञ्छित गतिविधि गर्ने घटनाहरू दोहोरिने सम्भावना रहन्छ। यस्तो अवस्थामा प्रहरीको सक्रियता आवश्यक भए पनि अहिले कुनै सुरक्षा योजना सार्वजनिक नगरिनु अन्योलताको विषय बनेको छ।

सम्बन्धित विषयमा बुझ्नका लागि जिल्ला प्रहरी कार्यालय, सुनसरीको प्रवक्ता डीएसपीसँग सम्पर्क गर्ने प्रयास गरिए पनि फोन नउठ्ने कारण कुनै आधिकारिक प्रतिक्रिया प्राप्त हुन सकेन। यसले सुरक्षाको विषयमा थप अन्योलता सिर्जना गरेको छ।

तराई क्षेत्रमा होली पर्व विशेष रूपमा मनाइने हुँदा सुरक्षा निगरानी झन् कडा हुनु आवश्यक छ। तर, कति प्रहरी परिचालन गरिनेछ, निगरानी कसरी गरिँदैछ, आकस्मिक योजनाहरू के छन्? भन्नेबारे जिल्ला प्रहरी कार्यालयले अहिलेसम्म कुनै जानकारी दिएको छैन।

 

 

 

Previous Post

होली पर्वले नेपालीहरूबीच एकता र सद्भाव बढाउँछ: मुख्यमन्त्री कार्की

Next Post

सुनसरी बहुमुखी क्याम्पसको अध्यक्ष पदका लागि सुनिल मण्डलको प्रतिबद्धता

Next Post
सुनसरी बहुमुखी क्याम्पसको अध्यक्ष पदका लागि सुनिल मण्डलको प्रतिबद्धता

सुनसरी बहुमुखी क्याम्पसको अध्यक्ष पदका लागि सुनिल मण्डलको प्रतिबद्धता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana