Thursday, February 5, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

गढी गाउँपालिकामा विकास निर्माणले गति लिँदै, भवन निर्माणदेखि सडक विस्तारसम्म प्रगति

गढी गाउँपालिकामा विकास निर्माणले गति लिँदै, भवन निर्माणदेखि सडक विस्तारसम्म प्रगति

by नेपाल टाइमलाइन न्यूज
March 20, 2025
in समाचार
A A
0
गढी गाउँपालिकामा विकास निर्माणले गति लिँदै, भवन निर्माणदेखि सडक विस्तारसम्म प्रगति
14
SHARES
Share on FacebookShare on Twitter

रवीन्द्र कुमार यादव,विराटनगर । सुनसरीकाे गढी गाउँपालिकामा संघीय सरकार र गाउँपालिकाको ३ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको गाउँपालिका भवन अन्तिम चरणमा पुगेको छ। योजना शाखा प्रमुख योगराज निरौलाका अनुसार आधुनिक सुविधा सम्पन्न उक्त भवनले स्थानीय तहको सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने विश्वास गरिएको छ।

गढी गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा ११ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेकोमा हालसम्म ६ किलोमिटर सडक निर्माण पूरा भइसकेको छ भने बाँकी ५ किलोमिटरको कार्य अन्तिम चरणमा रहेको प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर खड्काले जानकारी दिनुभयो। साथै, नाला निर्माण कार्य पनि तीव्र रूपमा अगाडि बढिरहेको छ। नेपाल सरकारको नीति कार्यक्रम अनुरूप सुरक्षित आवास निर्माण योजनाअन्तर्गत २५ दलित परिवारलाई नयाँ घर हस्तान्तरण गरिएको छ। यस योजनाले सामाजिक समावेशिता र समानता प्रवर्द्धनमा महत्वपूर्ण योगदान पु¥याउने प्रमुख प्रशासकीय अधिकृत खड्काले बताउनुभयो। गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, र पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिएको छ। विद्यालयहरूको भौतिक सुधार, स्वास्थ्य सेवामा डिजिटल प्रविधिको प्रयोग तथा महिला सशक्तिकरणका लागि विभिन्न कार्यक्रमहरू लागू गरिएका छन्।

दीगो विकास लक्ष्यअनुरूप बहुवर्षीय योजनाहरू अगाडि बढाइरहेको गाउँपालिकाले यातायात सञ्जाल सुधारमा पनि जोड दिएको छ। यहाँ ११ किलोमिटर सडक कालोपत्रे कार्य सम्पन्न भएपछि स्थानीय यातायात व्यवस्था अझ सहज बन्ने अपेक्षा गरिएको छ। त्यसैगरी, कृषि क्षेत्रमा समेत गाउँपालिकाले उल्लेखनीय प्रगति गरेको छ। किसानहरूलाई लक्षित गर्दै अनुदानमा बीउ, मल, तथा कृषि सामग्री उपलब्ध गराउने कार्यक्रम सञ्चालन गरिएको छ। गाउँपालिकाको भौतिक पूर्वाधार विकास अन्य छिमेकी स्थानीय तहहरूको तुलनामा अगाडि रहेको दाबी प्रशासकीय अधिकृत खड्काले गर्नुभएको छ।

संघीय सरकारको सहयोग र स्थानीय सरकारको प्रतिबद्धताले गढी गाउँपालिकालाई विकासको उत्कृष्ट नमुना बनाउने लक्ष्य लिइएको छ। विकास निर्माणका कार्यहरू द्रुत गतिमा अगाडि बढिरहेका छन्, जसले गाउँपालिकाका बासिन्दाहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने जनाएको छ।

Previous Post

स्वार्थभित्रको प्रेम

Next Post

सुनसरीको एसईई परीक्षामा अमर्यादित गतिविधि: निजी विद्यालयका शिक्षक तथा सञ्चालकको संलग्नता उजागर

Next Post
सुनसरीको एसईई परीक्षामा अमर्यादित गतिविधि: निजी विद्यालयका शिक्षक तथा सञ्चालकको संलग्नता उजागर

सुनसरीको एसईई परीक्षामा अमर्यादित गतिविधि: निजी विद्यालयका शिक्षक तथा सञ्चालकको संलग्नता उजागर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana