Thursday, February 5, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

सुनसरीको एसईई परीक्षामा अमर्यादित गतिविधि: निजी विद्यालयका शिक्षक तथा सञ्चालकको संलग्नता उजागर

सुनसरीको एसईई परीक्षामा अमर्यादित गतिविधि: निजी विद्यालयका शिक्षक तथा सञ्चालकको संलग्नता उजागर

by नेपाल टाइमलाइन न्यूज
March 21, 2025
in समाचार
A A
0
सुनसरीको एसईई परीक्षामा अमर्यादित गतिविधि: निजी विद्यालयका शिक्षक तथा सञ्चालकको संलग्नता उजागर
11
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । सुनसरी सदरमुकाम इनरुवाका केही परीक्षा केन्द्रमा एसईई परीक्षामा अमर्यादित गतिविधि भइरहेको गुनासो बाहिर आएको छ। परीक्षाका क्रममा निजी विद्यालयका सञ्चालक, शिक्षक तथा निरीक्षकको मिलेमतोमा चिट चोराउने कार्य भएको अभिभावक तथा परीक्षार्थीहरूले आरोप लगाएका छन्।

विहीबार पहिलो दिनको परीक्षामा प्रायः अंग्रेजी विषय पढाउने तर प्राथमिक तहमा नियुक्ति भएका तथा डिग्री (B.Ed, M.Ed) गरेका शिक्षकलाई निरीक्षकका रूपमा राखेर चिट चोराइएको गुनासो बाहिर आएको हो। इनरुवा–९ स्थित सरस्वती मावि परीक्षा केन्द्रमा बालकृष्ण मावि भुटाहा, जनता मावि गौतरमपुर, ज्ञानोदय आधारभूत विद्यालय इनरुवाका शिक्षकहरू क्रमशः किसोर चौधरी, रामानन्द मेहता, गजेन्द्र मेहतालाई निरीक्षक बनाएर चिट चोराइएको विद्यार्थीहरूले बताएका छन्।

यसैगरी, सहायक केन्द्राध्यक्षले आफ्नै कोचिङ पढ्ने विद्यार्थीहरूलाई चिट चोराएको तथा अन्य निरीक्षकहरूले पनि चिट चोराउन सहयोग गरेको परीक्षार्थीहरूले आरोप लगाएका छन्। सरस्वती माविका प्रधानाध्यापक तेजनारायण यादवको निकट मानिएका शिक्षक उमेश यादवलाई केन्द्राध्यक्ष बनाएर बाहिरबाट विषयगत शिक्षक राखी चिट चोराउने कार्य भएको भन्दै विद्यार्थीहरूले छानबिनको माग गरेका छन्।

निजी विद्यालयका सञ्चालकको संलग्नता उजागर परीक्षामा अमर्यादित गतिविधि बढाउन निजी विद्यालयका सञ्चालकहरूले परीक्षा केन्द्रका प्रमुखहरूसँग मिलेमतो गरेको आशंका गरिएको छ। एक दिनअघि नै निजी विद्यालयका प्रिन्सिपलहरू चारचक्के गाडी लिएर केन्द्राध्यक्षसँग सम्झौता गर्न गएको देखिएको छ। केही निजी विद्यालयहरूले विद्यार्थीहरूबाट ‘परीक्षा केन्द्र खर्च’ भन्दै रकम असुली गरेको खुलासा भएको छ।

परीक्षामा मोबाइल निषेध गरिए पनि केन्द्राध्यक्ष तथा निरीक्षककै मिलेमतोमा चिट चोराउने कार्य भएको एक पूर्व निरीक्षकले पुष्टि गरेका छन्। सरस्वती मावि केन्द्रमा गणित परीक्षाका दिन पनि वीरेन्द्र मेहतालाई निरीक्षक राख्ने तयारी गरिएको स्रोतले जनाएको छ।

सुनसरीका ५० परीक्षा केन्द्रमा १३,५७३ परीक्षार्थी सहभागी छन्। स्थानीय सरोकारवालाहरूले एसईई परीक्षा व्यवस्थित, मर्यादित, शान्त र निष्पक्ष बनाउन कडाइ गर्नुपर्ने माग गरेका छन्। अमर्यादित गतिविधि नियन्त्रण गर्न अनुगमनलाई थप प्रभावकारी बनाउनुपर्ने तथा दोषी शिक्षक, निरीक्षक, र केन्द्र व्यवस्थापकहरूलाई कारबाही गर्नुपर्ने माग उठेको छ।

Previous Post

गढी गाउँपालिकामा विकास निर्माणले गति लिँदै, भवन निर्माणदेखि सडक विस्तारसम्म प्रगति

Next Post

एसईई परीक्षा केन्द्रमा अनियमितता: १० हजार घुस लिएको खुलासा, ४ शिक्षक गार्ड निष्कासन

Next Post
एसईई परीक्षा केन्द्रमा अनियमितता: १० हजार घुस लिएको खुलासा, ४ शिक्षक गार्ड निष्कासन

एसईई परीक्षा केन्द्रमा अनियमितता: १० हजार घुस लिएको खुलासा, ४ शिक्षक गार्ड निष्कासन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana