Sunday, February 1, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

एसईई परीक्षा केन्द्रमा अनियमितता: १० हजार घुस लिएको खुलासा, ४ शिक्षक गार्ड निष्कासन

एसईई परीक्षा केन्द्रमा अनियमितता: १० हजार घुस लिएको खुलासा, ४ शिक्षक गार्ड निष्कासन

by नेपाल टाइमलाइन न्यूज
March 21, 2025
in समाचार
A A
0
एसईई परीक्षा केन्द्रमा अनियमितता: १० हजार घुस लिएको खुलासा, ४ शिक्षक गार्ड निष्कासन
15
SHARES
Share on FacebookShare on Twitter

दुहबी । सुनसरीको दुहबी र गढीका दुई परीक्षा केन्द्रमा अनियमितता भएको भन्दै चार शिक्षक गार्डलाई निष्कासन गरिएको छ। प्रमुख जिल्ला अधिकारी (प्रजिअ) धर्मेन्द्र कुमार मिश्रको नेतृत्वमा खटिएको परीक्षा अनुगमन टोलीले परीक्षामा चिट चोर्न सहयोग गरेको भन्दै उनीहरूलाई हटाएको हो।

गढी गाउँपालिका–२ स्थित श्री सरस्वती मावि औरावनी परीक्षा केन्द्रबाट निजी विद्यालयका दुई शिक्षक गार्ड निष्कासन गरिएको छ। त्यस्तै, दुहबी–५ स्थित श्री सरस्वती मावि परीक्षा केन्द्रबाट पनि दुई शिक्षक गार्ड हटाइएका छन् ।

परीक्षार्थीलाई चिट चोर्न दिनुका लागि प्रति शिक्षक १० हजार रुपैयाँ घुस लिएको कुरा उनीहरूले प्रमुख जिल्ला अधिकारीकै अगाडि स्विकारेपछि निष्कासनको निर्णय भएको परीक्षा केन्द्र अध्यक्ष तेज प्रसाद तिमिल्सिनाले जानकारी दिए।

निष्कासन गरिएका शिक्षक गार्डको ठाउँमा आइतबारदेखि नयाँ शिक्षक खटाइने प्रजिअ मिश्रले बताएका छन्। सरस्वती मावि दुहबीका केन्द्राध्यक्ष तेज प्रसाद तिमिल्सिना र कर्मचारी संजिप गुप्तालाई भने सचेत गराइएको छ।

यस वर्ष सुनसरीबाट १३,६६३ विद्यार्थी एसईई परीक्षा दिइरहेका छन्। दुहबीका तीन परीक्षा केन्द्रमा ५९५ जना परीक्षार्थी सहभागी छन्। सरस्वती मावि परीक्षा केन्द्रमा सात निजी र एक सरकारी गरी आठ विद्यालयका २५८ जना विद्यार्थी परीक्षा दिइरहेका छन् भने महेन्द्र मेमोरियल परीक्षा केन्द्रमा सरस्वती मावि र थर्ड आइ स्कुलका १६८ जना परीक्षार्थी छन्।

परीक्षा अनुगमन टोलीमा प्रमुख जिल्ला अधिकारी मिश्रसँगै जिल्ला प्रहरी कार्यालय प्रमुख सुमन तिमिल्सिना, सशस्त्र प्रहरी प्रमुख, नेपाली सेना प्रमुख, इलाका प्रहरी कार्यालय दुहबीका प्रमुख तथा स्थानीय सञ्चारकर्मीहरू समेत सहभागी थिए।

Previous Post

सुनसरीको एसईई परीक्षामा अमर्यादित गतिविधि: निजी विद्यालयका शिक्षक तथा सञ्चालकको संलग्नता उजागर

Next Post

इटहरीको सेन्टर प्लाजामा भीषण आगलागी, हेलिकोप्टरमार्फत उद्धार, नियन्त्रण प्रयास जारी

Next Post
इटहरीको सेन्टर प्लाजामा भीषण आगलागी, हेलिकोप्टरमार्फत उद्धार, नियन्त्रण प्रयास जारी

इटहरीको सेन्टर प्लाजामा भीषण आगलागी, हेलिकोप्टरमार्फत उद्धार, नियन्त्रण प्रयास जारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana