Thursday, January 22, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

सहकारी सदस्य, बचतकर्ता र ऋणीको साझा जिम्मेवारी : कस्तो कुरामा ध्यान दिने?

सहकारी सदस्य, बचतकर्ता र ऋणीको साझा जिम्मेवारी : समयमै कर्जा तिर्ने

by नेपाल टाइमलाइन न्यूज
June 23, 2025
in समाचार
A A
0
सहकारी सदस्य, बचतकर्ता र ऋणीको साझा जिम्मेवारी : कस्तो कुरामा ध्यान दिने?
11
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । हालका दिनमा धेरै सहकारी संस्थाहरू गाउँदेखि सहरसम्म सक्रिय छन्। यी संस्थाहरूले सर्वसाधारणको बचतलाई स–समयमा ऋण प्रदान गर्दै आर्थिक सहायतामा सहयोग पुर्‍याउँदै आएका छन्। कस्तो कुरामा ध्यान दिने । सहकारीबाट लिएको ऋण समयमै नतिरेका कारण धेरै व्यक्ति सामाजिक, आर्थिक र पारिवारिक समस्यामा पर्ने गरेका छन्।

सहकारी ऋण नतिर्दा के हुन्छ?

– व्याज थपिँदै जान्छ, तिर्नुपर्ने रकम समयसँगै बढ्दै जान्छ।

– भाखा नाघेपछि व्यक्ति “खराब ऋणी” को सूचीमा पर्छ।

– संस्थाका पदाधिकारी, कर्मचारी र अन्य सदस्यहरूमा चर्चा बढ्छ, जसले निगरानी र दवाव सिर्जना गर्छ।

– धेरै समयसम्म ऋण नतिरे कालोसूचीमा पर्न सकिन्छ, जसले भविष्यमा पुनः ऋण पाउन गाह्रो बनाउँछ।

– केही सहकारी संस्थाहरूले ऋणीको फोटोसहित तिनपुस्ते नाम सार्वजनिक गर्न बाध्य हुने अवस्था आउँछ।

– समाजमा छरछिमेक र आफन्तहरूको दृष्टिकोण नकारात्मक बन्न जान्छ।

– घरमा झै–झगडा, तनाव, र त्यसको असर छोरा–छोरीको भविष्यमा पर्न सक्छ।

– संस्था बाध्य भएर ऋण जोखिम कोष छुट्याउनु पर्छ, जसले मुनाफा घटाउँछ, सदस्यले पाउने लाभांशमा असर गर्छ।

कर्जा मिनाहा हुँदैन, यस्तो भ्रममा नपर्नुहोस्।

कस्तो सहकारी रोज्ने?

– सरकारमा दर्ता भएको, पारदर्शी र नियमित हिसाब–किताब गर्ने सहकारीमा मात्र सदस्य बनौं।

– वार्षिक साधारणसभा गर्ने, आर्थिक विवरण सार्वजनिक गर्ने सहकारी उपयुक्त हुन्छ।

– गैरराजनीतिक, सदस्यको हितमा काम गर्ने, सेवा केन्द्रित संस्थामा बचत–निवेश गर्नुपर्छ।

बचत गर्दा ध्यान दिनुपर्ने कुरा

– बचतको प्रकार (आवधिक, चल्ती, आवधिक जमानी) बुझेर मात्र योजना अनुसार बचत गर्ने।

– ब्याजदर र सुरक्षा व्यवस्था (बीमा, फिर्ती ग्यारेन्टी) बारे जानकारी लिएर निर्णय गर्ने।

– अनलाइन पहुँच हुने र जानकारी सजिलै प्राप्त गर्न सकिने सहकारी प्राथमिकतामा राख्ने।

 

लिएको ऋण कसरी व्यवस्थापन गर्ने?

– ऋण लिँदा योजनाबद्ध उद्देश्य हुनुपर्छ। जस्तै: व्यवसाय, कृषि, शिक्षा आदि।

– मासिक/त्रैमासिक किस्ताबन्दी गरेर समयमै तिर्ने योजना बनाउने।

– आवश्यकता अनुसार मात्र ऋण लिने, अनावश्यक ऋणको लतबाट बच्ने।

– आफूसँग आम्दानी स्रोत नभएमा संयमित रहने, ऋणको प्रयोग बढी व्ययवहारिक बनाउने।

ऋण लिँदा सजिलो लाग्छ, तर समयमै फिर्ता नगरे त्यसको परिणाम गम्भीर हुन सक्छ। सहकारीको मूल उद्देश्य सामूहिक प्रगति हो, व्यक्तिगत लाभ होइन। त्यसैले, सहकारी संस्था छनोटदेखि ऋणको व्यवस्थासम्मको प्रत्येक पाटोमा सचेत हुन आवश्यक छ।

समयमै ऋण तिरौं, सहकारीको मुनाफा बढाऔं, समाज र परिवारलाई खुसी बनाऔं।

 

 

Previous Post

कोशी प्रदेशमा सहकारी अभियानः समृद्धिको मूल चाबी बनाउँदै सहकारीहरू

Next Post

सुनसरीमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि पूर्व अर्धबार्षिक समिक्षा कार्यक्रम सम्पन्न 

Next Post
सुनसरीमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि पूर्व अर्धबार्षिक समिक्षा कार्यक्रम सम्पन्न 

सुनसरीमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि पूर्व अर्धबार्षिक समिक्षा कार्यक्रम सम्पन्न 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana