Friday, January 30, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

कोशी पर्यटन वर्ष २०८२ : कलाकार फिल्मकर्मीको साथ, पर्यटन प्रवर्द्धनमा नयाँ उत्साह

कोशी पर्यटन वर्ष २०८२ : कलाकार फिल्मकर्मीको साथ, पर्यटन प्रवर्द्धनमा नया ँ उत्साह

by नेपाल टाइमलाइन न्यूज
December 16, 2025
in मनाेरञ्जन
A A
0
कोशी पर्यटन वर्ष २०८२ : कलाकार फिल्मकर्मीको साथ, पर्यटन प्रवर्द्धनमा नयाँ उत्साह
12
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । कोशी पर्यटन वर्ष २०८२ लाई सफल बनाउन कलाकार तथा चलचित्रकर्मीहरूले सक्रिय सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । मंगलबार कोशी प्रदेश पर्यटन वर्षको सचिवालयद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी फिल्मकर्मीहरूले पर्यटन प्रवर्द्धनका लागि अझै पनि सरकारी तहबाट सुधार गर्नुपर्ने धेरै विषय बाँकी रहेको औंल्याएका छन् ।

चलचित्र निर्देशक मिलन चाम्सले कोशी प्रदेश चलचित्र छायांकनका लागि भाग्यमानी प्रदेश भएको उल्लेख गर्दै पर्यटकीय पूर्वाधार र व्यवस्थापनमा सुधार आवश्यक रहेको बताए । पर्यटकको पहिलो अनुभव एयरपोर्टबाटै सुरु हुने भएकाले त्यहीँबाट सुधार थाल्नुपर्ने उनको भनाइ थियो ।

“अब व्यक्तिगत समस्या होइन, समाजका समस्या लिएर मन्त्रीज्यूसम्म पुग्नुपर्छ,” उनले भने, “कोशी प्रदेशमा सुटिङ गर्न आउने चलचित्रकर्मीहरूका लागि विशेष सुविधा र सहुलियतसहितको प्याकेज तयार गर्न जरुरी छ।

उनले पछिल्लो एक वर्ष कोशी प्रदेशका लागि सफल रहेको बताउँदै उनको सुइटर, परान र अन्जिला लगायतका चलचित्रहरू यही प्रदेशमा छायांकन भई सफल भएको उल्लेख गरे ।

वरिष्ठ कलाकार शिव श्रेष्ठले कोशी प्रदेशमा चलचित्र छायांकन गर्न चलचित्र विकास बोर्डले अझ प्रभावकारी रूपमा सहजीकरण गर्नुपर्ने बताए । उनले सहज वातावरण बनेमा प्रदेशमा फिल्म सुटिङको आकर्षण बढ्ने विश्वास व्यक्त गरे ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले चलचित्रले पर्यटन प्रवर्द्धनमा ठूलो भूमिका खेल्ने बताउँदै विश्वभरका सिनेकर्मीहरूलाई आकर्षित गर्नुपर्ने आवश्यकता औंल्याए ।

पर्यटकीय गन्तव्यको ब्रान्डिङ आज गरियो भने परिणाम तुरुन्त नदेखिए पनि भविष्यमा यसले सकारात्मक प्रभाव दिन्छ,” उनले भने । सिनेमा हलहरूमा पर्यटकीय गन्तव्यहरूको प्रचार गरिए विकास बोर्डले आवश्यक सहयोग गर्ने प्रतिवद्धता पनि उनले जनाए ।

कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले प्रदेशमा पर्यटनको अथाह सम्भावना हुँदाहुँदै पनि पर्याप्त प्रचार हुन नसक्दा ओझेलमा परेको बताए । उनले कोशी पर्यटन वर्ष २०८२ मार्फत प्रदेशको पर्यटनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने लक्ष्य रहेको स्पष्ट पार्नुभयो ।

 

 

 

Previous Post

Secretariat of Koshi Tourism Year and Nepal Tourism Board Sign Cooperation Agreement

Next Post

कोशी पर्यटन वर्ष २०८२ अभियान काठमाडौँबाट औपचारिक रूपमा अघि बढ्यो

Next Post
कोशी पर्यटन वर्ष २०८२ अभियान काठमाडौँबाट औपचारिक रूपमा अघि बढ्यो

कोशी पर्यटन वर्ष २०८२ अभियान काठमाडौँबाट औपचारिक रूपमा अघि बढ्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana