Wednesday, February 4, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

कोशी पर्यटन वर्ष २०८२ अभियान काठमाडौँबाट औपचारिक रूपमा अघि बढ्यो

कोशी पर्यटन वर्ष २०८२ अभियान काठमाडौँबाट औपचारिक रूपमा अघि बढ्यो

by नेपाल टाइमलाइन न्यूज
December 18, 2025
in समाचार
A A
0
कोशी पर्यटन वर्ष २०८२ अभियान काठमाडौँबाट औपचारिक रूपमा अघि बढ्यो
12
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ । कोशी प्रदेशको पर्यटन प्रवर्द्धनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा स्थापित गर्ने लक्ष्यसहित ‘कोशी पर्यटन वर्ष २०८२’ को अभियान काठमाडौँबाट औपचारिक रूपमा अघि बढाइएको छ।

संघीय सरकार, नेपाल पर्यटन बोर्ड, पर्यटन व्यवसायी तथा चलचित्रकर्मीसँग सहकार्य विस्तार गर्ने उद्देश्यसहित कोशी प्रदेश सरकारले राजधानीमा व्यापक छलफल तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको हो। यही क्रममा कोशी पर्यटन वर्ष २०८२ को सचिवालय र नेपाल पर्यटन बोर्डबीच औपचारिक सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ।

समझदारी अनुसार कोशी प्रदेशका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन, भारतलगायत अन्तर्राष्ट्रिय बजार लक्षित प्रचार, तथा संयुक्त कार्यक्रम सञ्चालन गरिनेछ। नेपाल पर्यटन बोर्डको कार्यालयमा आयोजित कार्यक्रममा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलको उपस्थितिमा बोर्डका कार्यकारी निर्देशक दीपक जोशी र मन्त्रालयका सचिव डा. इन्द्रप्रसाद सापकोटाले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्। बोर्डको टोली १५ दिनभित्र कोशी प्रदेश पुगेर थप सहकार्यका कार्यक्रम कार्यान्वयनमा लैजाने सहमति भएको छ।

यसैक्रममा काठमाडौँमा पर्यटन व्यवसायीसँग ‘व्यवसायीसँगको सहकार्य’ विषयमा अन्तरक्रिया गरिएको थियो। कार्यक्रममा सहभागी व्यवसायीहरूले कोशी प्रदेशले थालेको पर्यटन अभियानको स्वागत गर्दै सरकार–निजी क्षेत्रको सहकार्यबाट पर्यटन गतिविधि अघि बढाउनुपर्नेमा जोड दिएका छन्।

कार्यक्रममा मन्त्री मण्डलले कोशी प्रदेशलाई राजनीतिक, सामाजिक र आर्थिक हिसाबले पर्यटनमैत्री बनाउन सबै सरोकारवालाको सक्रिय भूमिका आवश्यक रहेको बताए। त्यस्तै, मन्त्रालयका सचिव सापकोटाले कानुनी जटिलता हटाउँदै पर्यटनमैत्री वातावरण निर्माण गर्न प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारे।

काठमाडौँ केन्द्रित कार्यक्रमअन्तर्गत चलचित्रकर्मीसँग पनि कोशी पर्यटन प्रवर्द्धनका विषयमा अन्तरक्रिया गरिएको छ। सहभागी चलचित्रकर्मीहरूले कोशी पर्यटन वर्ष २०८२ सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाउँदै फिल्म सुटिङमैत्री नीति तथा पूर्वाधार सुधारको आवश्यकता औंल्याए।

चलचित्र निर्देशक मिलन चाम्सले कोशी प्रदेश फिल्म सुटिङका लागि सम्भावनायुक्त रहेको बताउँदै विमानस्थलदेखि सेवा सुविधासम्म सुधार गर्न सुझाव दिए। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले फिल्ममार्फत पर्यटकीय गन्तव्यको दीर्घकालीन ब्रान्डिङ सम्भव हुने धारणा राखे।

पर्यटन वर्षका लागि १० करोड रुपैयाँ बजेट विनियोजन भइसकेको र अब द्रुत गतिमा कार्यक्रम अघि बढाइने निर्देशक समितिका सह–संयोजक भविश श्रेष्ठले जानकारी दिए।

काठमाडौँ भ्रमणका क्रममा प्रदेशका मन्त्री, सचिव तथा सचिवालयका पदाधिकारीहरूले संघीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्वसँग भेट गरी प्रदेशस्तरमा भइरहेको पर्यटन अभियानबारे जानकारी गराउँदै थप सहयोगको आग्रह गरेका छन्।

सचिवालयले आन्तरिक तथा बाह्य पर्यटक कोशी प्रदेश भित्र्याउन सुरक्षा, सेवा सुविधा र आतिथ्य व्यवस्थालाई व्यवस्थित गर्दै चाँडै २४ घण्टे पर्यटन हटलाइन सेवा सञ्चालन गर्ने तयारी भइरहेको जनाएको छ।

Previous Post

कोशी पर्यटन वर्ष २०८२ : कलाकार फिल्मकर्मीको साथ, पर्यटन प्रवर्द्धनमा नयाँ उत्साह

Next Post

Bhokraha Narsingh Rural Municipality Recovers Stalled NPR 30 Million Budget, Accelerates Development Projects

Next Post
स्थानीय तह वित्तिय सुशासन जोखिम मुल्यांकनमा भोक्राहा नरसिंह दाेस्राे

Bhokraha Narsingh Rural Municipality Recovers Stalled NPR 30 Million Budget, Accelerates Development Projects

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana