Sunday, December 21, 2025
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
in विश्व
A A
0
कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक
9
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल सरकारले खगेन्द्र प्रसाद र रुद्रकली नामका दुई हात्ती कतारलाई उपहारस्वरूप प्रदान गरेपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया देखिएका छन्। कतिपयले अत्यधिक गर्मी हुने देशमा हात्ती पठाइएको भन्दै चिन्ता व्यक्त गरेका छन् भने केहीले सरकारको निर्णयप्रति आलोचना गर्दै हात्ती फिर्ता गर्नुपर्ने मागसमेत गरेका छन्।

हात्तीप्रतिको माया र संवेदना देखाउनु स्वभाविक भए पनि, त्यस विषयलाई लिएर अनावश्यक आशंका र गुनासो गरिरहनु आवश्यक नभएको जानकारहरूको भनाइ छ। विश्वकै ठूला अन्तर्राष्ट्रिय कार्यक्रममध्ये एक फिफा विश्वकप सफलतापूर्वक आयोजना गर्न सक्ने, मानव तथा पशु अधिकारप्रति संवेदनशील मानिने कतारले हात्तीको सुरक्षा, हेरचाह र सुविधामा कुनै कमी नछोड्ने विश्वास गर्न सकिने आधारहरू प्रशस्त छन्।

कतारजस्तो देशमा अत्याधुनिक प्रविधिको प्रयोग गरेर जाडोका लागि हिटर र गर्मीका लागि एसीसहित हात्तीमैत्री वातावरण तयार गर्न सकिने क्षमता छ। त्यसैले हात्तीलाई दुःख हुन्छ भन्ने आशंकाले अनावश्यक तनाव लिनुपर्ने अवस्था नरहेको जानकारहरू बताउँछन्।

अर्को महत्वपूर्ण पक्ष उपहारको सम्मानसँग जोडिएको छ। उपहार फिर्ता गरिनुपर्ने जस्ता असभ्य टिप्पणीहरूले कूटनीतिक मर्यादा र आपसी सम्मानलाई कमजोर बनाउने जोखिम हुन्छ। उपहार भन्ने कुरा आफ्नो सामर्थ्य, स्रोत र क्षमताअनुसार दिइने परम्परा हो। धार्मिक कथामा सुदामाले भगवान श्रीकृष्णलाई दिएको कनिकाजस्तै, भावनाको मूल्य वस्तुको मूल्यभन्दा ठूलो मानिन्छ।

अन्तर्राष्ट्रिय अभ्यास हेर्दा पनि कतारले अमेरिकालाई करिब ४०० मिलियन डलर बराबरको विमान उपहार दिएको उदाहरण छ भने भारतले नेपाललाई विभिन्न सवारी साधन उपहार दिने गरेको छ। यस अर्थमा, कतारलाई नेपालले दुई वटा हात्ती उपहार दिनु उसकै लागि महत्वपूर्ण र अर्थपूर्ण मान्न सकिन्छ।

कतारमा हाल लाखौँ नेपाली श्रमिक कार्यरत छन्। उनीहरूको श्रम र योगदानका कारण नेपाल–कतार सम्बन्ध अझ प्रगाढ बनेको छ। यस्तो अवस्थामा नेपालबाट उपहारस्वरूप पठाइएका हात्तीहरू कतारमा रहेका नेपालीका लागि पनि आत्मीयता र गर्वको प्रतीक बन्न सक्ने अपेक्षा गरिएको छ। ‘माइती गाउँको कुकुर देख्दा पनि माइती पुगेजस्तो लाग्छ’ भन्ने उखानझैँ, आफ्नै देशका हात्ती देख्दा कतारमा रहेका नेपालीको मन पनि शीतल हुनसक्छ।

यसर्थ, कतारलाई उपहार दिइएका हात्तीका विषयमा अनावश्यक रोइकराइ नगरी कूटनीतिक उपहारको सम्मान गर्न र सकारात्मक दृष्टिकोण अपनाउन सरोकारवालाहरूले सबैमा आग्रह गरेका छन्

Previous Post

भोक्राहा नरसिंह गाउँपालिकामा राष्ट्रिय गानसँगै सेवा प्रवाह सुरू

Next Post

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

Next Post
वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

भोक्राहा नरसिंह गाउँपालिकामा राष्ट्रिय गानसँगै सेवा प्रवाह सुरू

भोक्राहा नरसिंह गाउँपालिकामा राष्ट्रिय गानसँगै सेवा प्रवाह सुरू

by नेपाल टाइमलाइन न्यूज
December 20, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana