Saturday, April 11, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

मानव अधिकारमैत्री काम गर्न सुझाव 

मानव अधिकारमैत्री काम गर्न सुझाव 

by नेपाल टाइमलाइन न्यूज
June 7, 2022
in मुख्य खबर, समाचार, स्थानीय समाचार
A A
0
मानव अधिकारमैत्री काम गर्न सुझाव 
18
SHARES
Share on FacebookShare on Twitter

इनरुवा, जेठ २४ गते । सुनसरीको भोक्राहा नरसिंहमा मानवअधिकार समूहले मानव अधिकारमैत्री काम गर्न सुझाव सहित वडा अध्यक्षलाई ज्ञापन पत्र बुझाएको छ !

सुनसरीको भोक्राहा नरसिंहगाउँपालिकामा २०७६ कार्तिकदेखी गठनभएपछि हालसम्म नियमित भएर मानव अधिकार रक्षाको पक्षमा वकालत गर्दै सचेतनामुलक अभियानसमेत गर्दै आएको सन्दर्भमा माग र सुझाव सहितको ज्ञापन पत्र वडा अध्यक्षलाई ज्ञापन पत्रबुझाएको हो ।

समूहले भोक्राहा नरसिंहगाउँपालिकाको १ देखी ८ नम्बर वडासम्मकाप्रत्येक वडाबाट प्रतिनिधित्व हुने गरी जिम्मेबार निकायलाई जवाफदेही बनाउनेपरियोजना अन्तरगत मानव अधिकार समूहको पुनरगठन गरि गाउँपालिकाको सहकार्य रवडा कार्यालयहरुको संयोजन तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) विराटनगरकोसमन्वयमा ज्ञापन पत्र बुभलाएको हो । मानव अधिकार समूहले भोक्राहा नरसिंह गाउँपालिकामाशिक्षा, स्वास्थ्य, खाध्य र अबाश अधिकारको बारेमा जानकारी सहितको अभियान जारी राखेकोमासोही क्रममा अनुगमन र सेवाग्राहीहरुसंगको प्रत्येक्ष भेटघाट, अन्तरवार्ता र समूहकोआयोजनामा सम्पन्न गरिएको वडास्तरीय गोष्ठी कार्यक्रममा आएका सवालहरुको आर्थिक वर्ष२०७९।०८० को बार्षिक बजेट, नीति तथा कार्यक्रममा सम्बोधन गर्न आवश्यक रहेकालेमाग र सुझाव सहितको ज्ञापन पत्र बुझाएको समूहका अध्यक्ष नुनुलाल साहले जानकारीदिनुभयो ।

अध्यक्ष साहका अनुसार पहिलो चरणमा जेठ २४ गते ७ नम्बर वडाकार्यालयका वडा अध्यक्ष बौवालाल यादवलाई ज्ञापन पत्र बुभलउदै वडामा कृषि, पशु , शिक्षार स्वास्थ्य संस्था वा शाखामा जवाफदेहिता र नियमितताका लागि सुझाव दिने गरि प्रभावकारीअनुमगन गर्नुपर्ने, यस वडामा सुकुम्बासीहरुको समस्या अझै कायम रहेकाले त्यसकोसमाधानका लागि पहल गर्नुपर्ने, विपन्न र गरिब समुदायका लागि सचेतना र स्वरोजगारसहितको विषेश कार्यक्रम ल्याउनुपर्ने सुझाव दिएको छ ।त्यसैगरी सुकुम्बासी विपन्न, दलित समुदायको आवासको अधिकारअन्तरर्गत तथ्यांक संकलन गर्नुपर्ने र उपलब्ध भएसम्म आबाश अधिकार सुनिश्चित गर्नुपर्ने,नरसिंह स्वास्थ्य चौकीमा संचालन भएको भनिएको प्रसुति गृहलाई थप प्रभावकारी र नियमितबनाउनुपर्ने, सिजनमा कृषकहरूलाई रासायनिक मल, उन्नत जात बिउविजन उपलब्ध गराउन पहलगनुपर्ने, माटो सुहाउदो बालीका लागि माटो परीक्षण शिविर सञ्चालन गर्नुपर्ने,शिक्षामा गुणस्तरीयताका लागि विद्यालयमा विषयगत शिक्षकको थप व्यवस्था गर्नुपर्ने, कृषि,पशु, शिक्षा र स्वास्थ्यमा अनुगमन गरि अनुशासित, नियमितता, जवाफदेहिता र जिम्मेबारीप्रति उत्तरदायी भएकाहरु मध्ये उतकृष्टलाई सम्मान गर्नुपर्ने सुझाव दिएको छ ।त्यसतै शिक्षामा गुणस्तर कायम गर्नका लागि शिक्षामा दण्ड रपुरस्कारको नीति कार्यान्वयन गर्नुपर्ने, विधार्थी र शिक्षकलाई दण्ड र पुरस्कार विभेदरहित तरिकाले गर्ने नीति अबलम्बन गर्नुपर्ने, अभिवावक शिक्षाका लागि प्रत्येक विद्यालयक्षेत्रमा अर्ध बार्षिक, वा वार्षिक रुपमा अन्तरकृया गर्नुपर्ने, उदाहरणीय तथा नमुनाविद्यालय तह गत रुपमा बनाउन पहल गर्नुपर्ने, विद्यालय व्यवस्गापन समिति गठन हुन नसकेको रम्याद सकिएको ठाउँमा समिति गठन गर्न पहल गर्नुपर्ने, शिक्षक सरुवा वढुवा गर्दा विषयगत रतहगतलाई ख्याल गर्नुपर्ने, कृषि तथा पशुकृषकका लागि आएको अनुदानमा विभेद रहित तरिकाले वितरण गर्नुपर्ने सुझाव दिएको छ।

समूहले सुशासनका लागि प्रत्येक चौमासिकमा सार्वजनिकसुनुवाई, योजना अनुसारको सार्वजनिक परीक्षण र वार्षिक रुपमा सामाजिक लेखाजोखागर्ने गरी सामाजिक परीक्षण जनसहभागितामा गर्नुपर्ने र लक्ष्ति वर्गको कार्यक्रमहरुलाई लक्ष्ति समुदायबाटैसंचालन गर्न मानव अधिकार समूहका लागि ५० हजार रुपियाँ विनियोजन गर्नुपर्ने ,महिला सशक्तिकरण र क्षमता तथा नेतृत्व विकास कार्यक्रमका लागि एक लाख रुपियाँ, र अभिभावकशिक्षा कार्यक्रमका लागि एक लाख रुपियाँ विनियोजन गरि जनचेतना जगाउनुपर्ने माग तथासुझाव दिएको समूहका सचव सुरेन्द्र मेहताले जानकारी दिनुभयो ।

ज्ञापन पत्र बुझाउने कार्यक्रममा मानव अधिकार समूह भोक्राहानरसिंहका अध्यक्ष नुनुलाल साह, उपाध्यक्ष रिजवान अंसारी, मोविन आलम र आशादेवीपौद्धार, सचिव सुरेन्द्र मेहता, सहसचिव सल्लाउद्धिन असारी, कोषाध्यक्ष सालु कुमारी भगत, सदस्यहरुमा रविन्द्र कुमार यादव, पुजा कुमारी मेहता, अहिसा खातुन , समसाद आलम र पंकज यादवको उपस्थितीरहेको थियो । त्यसैगरी सल्लाहकार सेराज हुसेन र जमालुद्धिन मंसुरी समेतको सहभागिरहनुभएको थियो ।

Previous Post

असार १ गते देखि आइतबारको साप्ताहिक विदा खारेज गर्ने सरकार निर्णय

Next Post

मानव अधिकार समुहमा शाह

Next Post
मानव अधिकार समुहमा शाह

मानव अधिकार समुहमा शाह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana