रबिन्द्र कुमार यादव
इनरुवा, जेठ २४ गते । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा मानवअधिकार समूहको नयाँ नेतृत्वमा नुनुलाल साह चयन हुनुभएको छ ।
जिम्मेबारनिकायलाई जवाफदेही बनाउने परियोजना अन्तरगत मानव अधिकार समूहको पुनरगठनगरिएको हो । गाउँपालिकाको सहकार्य र वडा कार्यालयहरुको संयोजन तथा अनौपचारिकक्षेत्र सेवा केन्द्र(इन्सेक) विराटनगरको समन्वयमा गठन भएको समूह केही महिनायतानिकृय भएकाले पुनरगठन गरिएको हो । मानवअधिकार समूह भोक्राहा नरसिंहका अध्यक्षमा नुनुलाल साह, उपाध्यक्षमा रिजवानअंसारी, मोविन आलम र आशादेवी पौद्धार, सचिवमा सुरेन्द्र मेहता, सहसचिवमा सल्लाउद्धिनअसारी, कोषाध्यक्षमा सालु कुमारी भगत चयन हुनुभएको छ । सदस्यहरुमा रविन्द्र कुमार यादव,पुजा कुमारी मेहता, अहिसा खातुन , समसाद आलम र पंकज यादव, कोमलकुमारी उराँवलगायतका चयन भएका छन् । सेराज हुसेन रजमालुद्धिन मंसुरी रहनुभएको छ । लेखाजोखागर्ने गरी सामाजिक परीक्षण जनसहभागितामा गर्नुपर्ने र लक्ष्ति वर्गको कार्यक्रमहरुलाई लक्ष्ति समुदायबाटैसंचालन गर्न मानव अधिकार समूहका लागि ५० हजार रुपियाँ विनियोजन गर्नुपर्ने ,महिला सशक्तिकरण र क्षमता तथा नेतृत्व विकास कार्यक्रमका लागि एक लाख रुपियाँ, र अभिभावकशिक्षा कार्यक्रमका लागि एक लाख रुपियाँ विनियोजन गरि जनचेतना जगाउनुपर्ने माग तथासुझाव दिएको समूहका सचव सुरेन्द्र मेहताले जानकारी दिनुभयो ।
ज्ञापन पत्र बुझाउने कार्यक्रममा मानव अधिकार समूह भोक्राहानरसिंहका अध्यक्ष नुनुलाल साह, उपाध्यक्ष रिजवान अंसारी, मोविन आलम र आशादेवीपौद्धार, सचिव सुरेन्द्र मेहता, सहसचिव सल्लाउद्धिन असारी, कोषाध्यक्ष सालु कुमारी भगत, सदस्यहरुमा रविन्द्र कुमार यादव, पुजा कुमारी मेहता, अहिसा खातुन , समसाद आलम र पंकज यादवको उपस्थितीरहेको थियो । त्यसैगरी सल्लाहकार सेराज हुसेन र जमालुद्धिन मंसुरी समेतको सहभागिरहनुभएको थियो ।





