काठमाडौं, २६ जेठ
नेपालमा मनसुनीयाम सुरु भएसँगै बाढीपहिरोको जोखिम बढेको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार आज आज इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, ओखलढुङ्गा, काभ्रे, तनहुँ र स्याङजा क्षेत्रका केही ससाना खोलानदीमा अचानक बाढी आउनसक्छ ।
तर, मुलुकका प्रमुख नदीमा बहाव सतर्कता तहभन्दा तलै रहने आँकलन गरिएको छ । बर्खायाम सुरु भएसँगै महाशाखाले बाढी बुलेटिन जारी गर्न थालेकाे हाे ।





