Friday, April 17, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

विराटनगरका उद्योगिहरु विरोध प्रदर्शनमा

विराटनगरका उद्योगिहरु विरोध प्रदर्शनमा।

by नेपाल टाइमलाइन न्यूज
June 9, 2022
in मुख्य खबर, समाचार, स्थानीय समाचार
A A
0
विराटनगरका उद्योगिहरु विरोध प्रदर्शनमा
13
SHARES
Share on FacebookShare on Twitter

 

विराटनगरका उद्योगीहरुले विरोध प्रदर्शन गरेका छन् । मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघको अगुवाईमा उद्योगी–मजदुरको संयुक्त आन्दोलन अन्तर्गत बजेटको विरोध गर्दै प्रदर्शन गरिएका हुन् । सुनसरी–मोरङ औद्योगिक करिडोर अन्तर्गत कोशी राजमार्गमा चक्का जाम गर्ने कार्यक्रम राखिएको भएपनि त्यसलाई संशोधन गरेर मार्चपास र कोणसभा गरिएको छ ।

 

आन्दोलनकारी उद्योगी–मजदुरको समूहले मोरङको बुढीगंगास्थित हुलास स्टिल एण्ड वायर उद्योग अगाडीको सडकमा उद्योगी–मजदुरको संयुक्त विरोध प्रदर्शन भईरहेको मोरङ व्यापार संघका पूर्व अध्यक्ष पवनकुमार शारडाले जानकारी दिनुभयो । सरकारको आर्थिक वर्ष २०७९/८० को बजेटमा एमएस वायर, वनस्पति घ्यूतेल र सेनिटरी प्याडमा कायम गरिएको करको दरले स्वदेशी उद्योग मारमा पर्ने भन्दै उद्योगीहरुले उक्त विषयलाई पुनरावलोकन गर्नुपर्ने मागसहित चरणवद्ध आन्दोलन सुरु गरेका हुन् ।

 

सरकारले जीआई वायरको कच्चा एमएस वायर रडमा ५ प्रतिशत भन्सार महसुललाई १० प्रतिशत दुईहजार ५०० प्रतिमेट्रिकटन अन्तःशुल्कलाई ४ हजार ५०० पु¥याइएको छ । सरकारको यो नीतिले देशभरका ३५ बढी उद्योग मारमा पर्ने भन्दै चरणवद्ध आन्दोलन सुरु गर्ने बुधबार नै घोषणा गरिएको थियो ।

 

यसैगरी वनस्पति घ्यूतेलको कच्चामा १० प्रतिशत र प्रशोधित तेलमा १५ प्रतिशत भन्सार महसुल लाग्दै आएकोमा सरकारले आगामी आर्थिक वर्षको बजेटमा प्रशोधित पाम र पामोलिन तेल आयात गर्दा ५ प्रतिशत मात्रै भन्सार महसुल लाग्ने नीति लिइएको छ । यसले आयात प्रवद्र्धन हुने र स्वदेशी उद्योगहरु मारमा पर्ने दावी गरिएको छ । यसैगरी सेनेटरी प्याड आयात गर्दा १५ प्रतिशत भन्सार महसुल लाग्दै आएकोमा त्यसलाई घटाएर १.५ प्रतिशत कायम गरिएकोप्रति उद्योगीहरुको विरोध छ ।

Previous Post

आज यी क्षेत्रका खोला-नदीमा आउनसक्छ अचानक बाढी

Next Post

फेरि बढ्यो इन्धनको मूल्य, कतिले बढ्यो ?

Next Post
पेट्रोल,डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँले वृद्धि

फेरि बढ्यो इन्धनको मूल्य, कतिले बढ्यो ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana