जयकृष्ण यादव । इनरुवा
इनरुवा, जेठ ३० गते । सरकार र नागरिकको बीचमा पुलको रुपमा र खबरदारी समेत गर्दै काम गर्ने गैरसरकारी संस्था नेपाल जिल्ला शाखा तेह्रथुमको नवौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । तेह्रथुमको म्याग्लुनमा सम्पन्न भएको अधिवेशनबाट अध्यक्षमा कुमार बिसंखे, उपाध्यक्षमा बिमला फुम्बु, सचिवमा जनक रिमाल, उपसचिव भिम ल्वागुन, कोषाध्यक्षमा अनिल नेपाल सहित ११ सदस्यीय जिल्ला कार्य समिति सर्वसहमतिले चयन गरेको हो । निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यलाई महासंघका प्रदेश १ अध्यक्ष लखनलाल साहले बधाई तथा सफलकार्यकालको शुभकामना दिनुहुदै गैससहरुलाई चलायमान बनाई राख्न आवश्यक रहेको बताउनुभयो । सदस्यमा उमेस नेपाली जितलाल लिम्बू, सकुन्तला सापकाेटा, भगवानमान रिजाल, कमला दाहाल ,याेगमाया फुदाेङ्ग सर्वसहमतिले चयन गरेको हो ।





