Saturday, April 18, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

गैरसरकारी संस्थासंग समन्वयमा अनुगमन गर्ने ः यादव

by नेपाल टाइमलाइन न्यूज
June 17, 2022
in समाचार, स्थानीय समाचार
A A
0
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न
24
SHARES
Share on FacebookShare on Twitter

२०७९ असार ३ गते । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले वृहत अनुमगनको आवश्यकता रहेको बताउनुभएको छ । जिल्ला सदरमुकाम इनरुवामा असार ३ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुनसरीले आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि अर्धवार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्नुहुदै सबै पक्षको संयुक्त अनुगमन गरेर सुशासन कायम गर्न सकिने बताउनुभयो । यादवले गैरसरकारी संस्थासंगको समन्वयमा सबै क्षेत्रको अनुगमन गर्ने आवश्यकता औल्याउनुभयो ।
कार्यक्रममा इन्सेकले जनवरीदेखी हालसम्म अभिलेखित घटानहरुको पुष्टि तथा पुनःपुष्टिका लागि अर्धवार्षिक समीक्षा सम्पन्न गरिएको जनाएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधिले २०७८ पुस १७ गतेदेखि ०७९ जेठ मसान्तसम्म अभिलेख गर्नुभएको मानव अधिकार उल्ङ्घन तथा ज्यादतीका ७० ओटा घटना प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
जिल्लामा २ सय २३ आधारभूत र १ सय ४९ माध्यमिक विद्यालय छन् । यहाँ २ हजार ७ सय २८ शिक्षक दरबन्दी रहेकामा ४० ओटा दरबन्दीका शिक्षक अभाव रहेको छ भने विधार्थी अनुपातमा मावि तहका ३० विधालय मावि शिक्षक विहिन रहेको उल्लेख गरेको छ ।
स्वास्थ्य अधिकारमा जिल्लाका १२ वटै पालिकाको १२४ वटा वडामा स्वास्थ्य चौकी, आधारभुत स्वास्थ्य केन्द्र, स्वास्थ्य ईकाई रहेको भएपनि स्वास्थ्यकर्मीहरु कार्यालय समयसम्म नबस्ने, निशुल्क भनिएको औषधी आपुर्ती र वितरण पूर्ण रुपमा नगर्ने, प्रसुति गृहहरु उद्घाटन भएको तर संचालन नगरेको स्थिती रहेको उल्लेख गरेको छ । खोप कार्यक्रमहरुमा स्वास्थ्य मापदण्ड नअप्नाईएको स्थिती समेतलाई औल्याएको छ ।
इन्सेक जिल्ला प्रतिनिधि जयकृष्ण यादवले प्रस्तुत गरेको प्रतिवेदनमा मानवअधिकार हनन तथा उलंघनमा छ महिनाको अवधीमा बम विस्फोटका घटना १ ,चुनावका बेला ४ जना माथि आक्रमण, महिला अधिकारमा बहुविवाह १२ , बलात्कार १४ , घरेलु हिसाँ ४७ वटा रहेको उल्लेख गरेको छ ।
त्यसैगरी बालअधिकारमा बालिका बलात्कार ३४, यौन दुरुपयोग तथा बाल हिसाँ २२, अपहरण तथा शरिरबन्धकका २, बालविवाहका ३, बेचबिखनको प्रयासमा १ घटना अभिलेख गरेको जनाएको छ ।
कार्यक्रममा मानव अधिकारकर्मी रमेश भट्टराईले बाँच्न पाउने अधिकार तथा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको सहज पहुँचबाट दलित तथा विपन्न समुदाय वञ्चित रहेको बताउनभयो । सामाजिक अभियन्ता चुन्नी खातुन सोनियाले मानव अधिकारका घटनामा सामुहिक आवाज नउठेका कारण विपन्न, सीमान्तकृत र दलितमाथि एकपछि अर्को हिंसाका घटना भइरहेको बताउनुभयो । खातुनले खानेपानी, स्वास्थ्य र शिक्षामा राज्यको ध्यान जर्नुपर्ने र इन्सेकले जनचेतनामुलक कार्यक्रम पनि गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सहभागी अधिकारकर्मी सरिता कार्की घिमिरेले महिला हिसाँ, बाल हिसाँ र घरेलु हिंसामा महिला र बालबालिकाहरु बढी पीडित हुने गरेको र उक्त घटनामा मिलापत्र गराएका कारण पुनः घरेलु हिंसा पीडित महिला थप हिंसामा पर्ने गरेको बताउनुभयो । वहाँले सचेतनामुलक कार्यक्रम र कानुनलाई पूर्ण कार्यान्वयन गर्ने तर्फ ध्यान दिन जरुरी रहेको बताउनुभयो ।
सहभागी तोया गिरी र ओरेककी शान्ती दनुवारले घरेलु हिंसा पीडित महिलालाई सुरक्षित आवासको व्यवस्था आवश्यक रहेको बताउनुभयो । मानव अधिकार समूह भोक्राहा नरसिंहका अध्यक्ष नुनुलाल साहले मानव अधिकार संविधानको मौलिक हकमा व्यवस्था भएकोले उक्त अधिकार प्राप्त गर्न पाउनु नागरिकको नैर्सगिक अधिकार भएको तर कार्यान्वयन फितलो रहेको बताउनुभयो ।
नागरिक समाजका अध्यक्ष पुरुषोत्म घिमिरेले मानव अधिकारको घटनामा कुनैपनि व्यक्ति हिरासतमा हुँदा केहि सूचनाको लागि जाँदा प्रहरी प्रशासनले धेरैजसो सूचना नदिने गरेको गुनासो गर्नुभयो ।
नागरिक अगुवा तथा शिक्षा विज्ञ खेमराज पोखरेलले स्वास्थ्य विमालाई सरल बनाउनुपर्ने र रेफर गर्ने चलन भन्दा सेवाग्राही विरामीलाई विमा कार्डको आधारमा रेफर विना नै सेवा दिनुपर्ने बताउनुभयो । कार्यक्रमका सहभागी सुधा तिम्सिनाले जसको अधिकार उसैको सवाल रहेमा मात्र देश विकास हुने र सबैले सहज अधिकार प्रयोग गर्न पाउने बताउनुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीका इन्स्पेक्टर दलबहादुर राईले पीडितको न्यायको लागि प्रहरीले पूर्ण रुपमा काम गरिरहेको बताउनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी ओम भट्टराईले कुनैपनि घटनाको सार्वजनिक गर्न, निश्चित समय वा नियम हुने हुनाले जसले जतिबेला, जाँहा पनि सूचना माग्ने र दिने भन्ने हुदैन, त्यसको नियममा रहेर आउन र त्यसका लागि आफूले सहज बनाउने प्रतिबद्धता जनाउनुभयो ।
गैरसरकारी संस्था महासंघका अध्यक्ष मेघराज न्यौपानेले नागरिकको समस्या समाधान र समन्वयका लागि आफूहरु सधै नागरिकको साथमा रहने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा राष्टिय मानव अधिकार आयोग प्रदेश कार्यालय विराटनगरका अधिकृत दोय चिरन्जीवी कोईराला, गीता दाहाल, पत्रकार नसिम अंसारी, गणेश यादव, विनिता दाहाल, मुनाफ हसन, अभिषेक रिजाल, रविन्द्र यादव, निरज यादव , सियाराम यादव, प्रहरी पशुपती कार्की सहितले पीडितको न्यायको लागि आफूहरुले सधै पीडितको पक्षमा रहने प्रतिबद्धता जनाउनुभयो ।
१, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुनसरीले आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को अर्धवार्षिक समीक्षा कार्यक्रमका सरोकारबालाहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा

 

Previous Post

संस्कृति मन्त्री आले फेरि विवादमा, अश्लील शब्द प्रयोग गरी गाली गरेको अडियो सार्वजनिक

Next Post

शनिवार इनरुवाबाट बृहत मोटरससाईकल रयाली निकालिने

Next Post
शनिवार इनरुवाबाट बृहत मोटरससाईकल रयाली निकालिने

शनिवार इनरुवाबाट बृहत मोटरससाईकल रयाली निकालिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana