भोक्राहा नरसिंह गाउॅपालिका सुनसरीले आगामी आब ०७९/०८० को नीति तथा कार्यक्रम र बजेट तर्जुमाको सम्बन्धमा अन्तर्क्रिया, छलफल र सुझाव संकलनको काम सम्पन्न गरेको छ ।
गाउॅपालिकाको सभाहलमा गाउॅपालिका अध्यक्ष अजमल अख्तर आजादज्यूको अध्यक्षतामा मिति २०७९/०३/०४ गते शनीबार आयोजना भएको उक्त कार्यक्रममा गाउॅपालिका उपाध्यक्ष सुनिताकुमारी उराॅव, प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहता, सबै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, सबै सामाजिक धार्मिक सहकारी संघ संस्थाको पदाधिकारीहरू, सुरक्षा निकायको प्रमुखहरू, संचारकर्मीहरू, कर्मचारीहरू गरी १५० जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा लेखा अधिकृत महेश राना मगरले नीति तथा कार्यक्रम र बजेट तर्जुमाको अवस्था र प्रकृयाको बिषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । छलफलको क्रममा ३२ जना सहभागीले विभिन्न सुझावहरू राख्नु भएको थियो ।
कार्यक्रमको अन्त्यमा प्रमुख प्रशासकीय अधिकृ बाबुनन्दन मेहताले प्राप्त सुझावहरू उपर गाउॅपालिकाले मनन गर्ने तथा गाॅउपालिकाको समृद्धिकालागि पालिकाका कर्मचारीहरू विदाको दिन, कार्यालय समय अघिपछि पनि दत्तचित भएर कटिबद्ध भएर खटि रहेकोले सबै पदाधिकारीहरू र सरोकारवालाहरूले साकारात्मक ढंगले साथ, सहयोग, समन्वय, सहजिकरण गर्न पर्ने मनतब्य राख्नु भयो । गाउॅपालिका अध्यक्ष अजमल अख्तर आजादज्यूले हरेक सुझावलाई गाउॅपालिकाको नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने, सबै सरोकारवालाको साथ, सहयोग, समन्वय, सल्लाह, सुझावबाट मात्र भोक्राहा नरसिंह गाउॅपालिकाको समग्र क्षेत्रको विकासको खाका तयार हुने बताउनु भयो । साथै देहायको प्रतिबद्धता ब्यक्त गर्दै कार्यक्रम समापन गर्नु भयो ।
देहाय
क) शैक्षिक क्षेत्र सुधारकालागि उच्चस्तरिय टोली गठन गरी अध्ययन हुने
ख) सामुदायिक विद्यालयलाई अंग्रजी माध्यममा पठन पाठन गर्न प्रोत्साहन गर्ने
ग) किसानहरूलाई विभिन्न किसिमको सहुलियत उपलब्ध गराउने : विद्युतिय मिटर, कृषी औजार, विद्यतिय सिंचाई लगायत
घ) कृषी उपज तथा पशु हाटबजार ब्यबस्थापन गर्ने
ङ) अधुरा विकास निर्माण पुरा गर्ने कार्यलाई पहिलो प्राथमिकता दिने
च) विकास निर्माणमा छिमेकी स्थानीय तह, प्रदेश सरकार, संघीय सरकारसंग सिझेदारी गर्ने
छ) संचारमाध्यमलाई प्रोत्साहित गर्ने लगायत





