Friday, April 17, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

भाेक्राहा नरसिंह किसानहरूलाई कृषि सामग्री वितरण

भाेक्राहा नरसिंह किसानहरूलाई कृषि सामग्री वितरण

by नेपाल टाइमलाइन न्यूज
June 20, 2022
in समाचार, स्थानीय समाचार
A A
0
भाेक्राहा नरसिंह किसानहरूलाई कृषि सामग्री वितरण
12
SHARES
Share on FacebookShare on Twitter

 

 

सुनसरी भोक्राहा नरसिंह गाउँपालिका कृषकहरुलाई कृषि सामग्री वितरण गरेका छन् ।

भाेक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर अजादले वडा नम्बर १ स्थित रहेका श्यामा श्याम कृषि सहकारी संस्था लिमिटेड र वडा नम्बर २ स्थिति रहेका यान्त्रिक कृषि सहकारी संस्था लिमिटेडले छुट्टाछुट्टै कार्यक्रमकाे आयाेजना गरि किसानहरूलाई कृषि सामग्री वितरण गरिएको हाे ।

कृषि सामग्री वितरण कार्यक्रममा बाेल्दै गाउँपालिका अध्यक्ष आजादले भने यस क्षेत्रका कृषकहरुको समस्या समाधान गर्नका लागि अगामी बजेट तथा नीति कार्यक्रमहरुमा पहल तथा प्रयास गर्ने बताएका छन्।

उनले यस क्षेत्रका अधिकांश जनता कृषिमा अधारित भएको र कृषकलाई निकै समस्या रहेकाले त्यसलाई समाधान गर्नका लागि आफू प्रतिवद्ध रहेको कार्यक्रममा बताए ।

उनले भने यस क्षेत्रका कृषकहरूले समयमा बिउँ, मल, कृषि उपकरण, नपाउनु लगायतका बिबिध समस्या रहेको उल्लेख गर्दै त्यसलाई सम्बोधन गर्नका लागि गाउँपालिकाको आउने बजेटमा बिषेश प्याकेज ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

उता कृषि उपकरण वितरण कार्यक्रममा भाेक्राहा नरसिंह गाउँपालिकाकी कृषि शाखा प्रमुख रेनुका चाैधरीले भने सरकारी अनुदानहरु वास्तविक कृषक समक्ष प्रत्यक्ष रुपमा नपुग्दा कृषकले सोचे अनुसारको लाभ उठाउन नसकेको बताइन् ।

यस वर्ष अर्थात चालू आर्थिक वर्ष २०७८/७९ मा भाेक्राहा नरसिंह गाउँपालिकाले सशर्त अनुदानको भरमा रहेको र स्थानीय तहले कृषि क्षेत्रमा आवश्यक बजेट विनियोजन नगरेकाे कारण वास्तविक कृषक समक्ष कार्यक्रम पुर्याउनका नसकेको बताइन् ।

उनले कार्यक्रममा बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र अन्तरगतकाे मकै उत्पादन प्रवद्वन कार्यक्रम आर्थिक वर्ष २०७८/७९ मा छनाैट भएका ५ वटा कृषि सहकारी संस्थाहरूले कृषि सामग्री वितरण गरिसक छन् ।

छनाैट भएका ५ वटा कृषि सहकारी संस्थाहरू मध्ये शुक्रबार मिथिला कृषि सहकारी संस्था लिमिटेड वडा नम्बर ७ र माधुरी सहकारी संस्था लिमिटेड वडा नम्बर ३ ले ब्लक क्षेत्रमा आवद्व रहेका किसानहरूलाई कृषि उपकरण वितरण गरिएको थियोे भने शनिबार भाेक्राहा साना किसान कृषि सहकारी संस्था लिमिटेड गरिएको थियोे ।

त्यस्तै आइतबार श्यामा श्याम कृषि सहकारी संस्था लिमिटेड वडा नम्बर १ र यान्त्रिक कृषि शहकारी संस्था लिमिटेड वडा नम्बर २ ले ब्लकमा छनाैट भएका किसानहरूलाई ५० प्रतिशत अनुदानमा विभिन्न सामग्री वितरण गरेका छन् ।

साे कृषि सहकारी संस्थाहरूले ब्लक क्षेत्रमा आवद्व रहेका विभिन्न सहकारी संस्थाहरू मध्ये भाेक्राहा साना किसान कृषि सहकारी संस्था लिमिटेडले शनिबार मिनिटिलर १ थान, मकै थ्रेसर खाेस्टा सहित दाँइ गर्ने १ थान, मकै प्लान्टर अटाेमेटिक १ थान, पावर स्प्रेयर ३० थान, काेदालाे टाटा कम्पनीकाे डन्टा सहितको १२४ थान विभिन्न किसानहरूलाई वितरण गरेका छन् ।

साे कार्यक्रममा भाेक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादकाे प्रमुख अतिथिय्ता रहेको थियो भने गाउँपालिका उपाध्यक्ष सुनिता उराँव, नेपाली काङ्ग्रेस भोक्राहा नरसिंह गाउँपालिका सभापति युवराज दाहाल ,वडा नम्बर १ का वडाध्यक्ष लक्षमण मेहता, वडा नं.२ का वडा अध्यक्ष आलम अन्सारी , कृषि शाखा प्रमुख रेनुका चाैधरी, सहकारी शाखा प्रमुख सिताराम मेहता, श्यामाश्याम कृषि सहकारी संस्था लिमिटेडका प्रविण मेहता, प्रहरी चाैकी अकाहाका प्रतिनिधि, नेपाल पत्रकार महासंघ सुनसरीका सदस्य दिपेन्द्र यादव, संचारकर्मी सुरेन्द्र मेहता , गाउँपालिका अध्यक्षका स्वकीय सचिव साेहिल अंसारी लगायतका सहकारी आवद्व रहेका किसानहरूकाे समेत सहभागीता रहेको थियो ।

 

Previous Post

नीति तथा कार्यक्रम र बजेट तर्जुमाका सम्बन्धमा अन्तक्रिया सम्पन्न

Next Post

हजका लागि नेपाली मुसलमानहरू साउदी प्रस्थान, संचारमन्त्रीद्धारा बिदाई

Next Post
हजका लागि नेपाली मुसलमानहरू साउदी प्रस्थान, संचारमन्त्रीद्धारा बिदाई

हजका लागि नेपाली मुसलमानहरू साउदी प्रस्थान, संचारमन्त्रीद्धारा बिदाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana