जयकृष्ण यादव । इनरुवा
इनरुवा, असार १२ गते । सुनसरीका सरोकारबालाहरुले बैदेशिक रोजगारलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन जरुरी रहेको बताएका छन् । आइतबार एसडीसी स्विस सरकारको सहयोग तथा श्रम मन्त्रालयको मातहतमा रहेको सुरक्षित आप्रवासन परियोजना सामिको अन्तरकृया कार्यक्रममा सरोकारबालाहरुले सो कुरामा जोड दिएका हुन् । सामी परियोजनाको प्रहरी अभिमुखिकरण कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेब यादवले बैदेशिक रोजगारमा जानु रहर नभई बाध्यता भएकाले यसलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन जरुरी रहेको बताउनुभयो । जिल्ला प्रहरी कार्यलयमा सप्पन्न भएको कार्यक्रमलाई सम्बोधन गर्नुहुदै यादवले बैदेशिक रोजगार ऐन, २०६४ मा उल्लेख भए अनुरुपको स्वास्थ्य सेवा सुविधा, बिमा र क्षतिपूर्तिको व्यवस्थाको बारेमा र त्यसको प्रावधानहरुको जानकारी लिएर विदेश जानुपर्ने बताउनुभयो । वहाँले ऐनमा भएको व्यवस्थाका बारेमा पूर्ण जानकारी भएको भए समस्यामा परेर आउने कामदार र उनीहरुको परिवारलाई केही सहयोग पुग्ने भएकाले जानु अघि सबै कुरामा ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।

इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारीले नागरिकहरु बैदेशिक रोजगारमा नाममा ठगिमा पर्ने क्रम बढीरहेकाले त्यसमा सबै पक्ष चनाखो हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक संजय सिंह थापाले वैदेशरिक रोजगार र प्रहरीमा आएको त्यस सम्बन्धी उजुरीका बारेमा प्रस्तुतिकारण गर्नुभएको थियो । कार्यक्रममा जिल्लामा कार्यरत ३० जना प्रहरीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागीहरुले वैदेशिक रोजगारीमा जान चाहने, गएका, फर्किएका र उनीहरुको परिवारलाई बैदेशिक रोजगार ऐन र त्यस अनुरुपको सेवा सुविधाहरुको बारेमा हालको संघीय संरचनाका तीनै तहबाट जानकारी दिन आवश्यक रहेकोमा जोड दिएका थिए । वैदेशिक रोजगारीलाई पनि समाजको एउटा महत्वपूर्ण पाटो मानेर वैदेशिक रोजगारमा जाने तथा समस्यामा परेर आउने र उनीहरुको परिवारलाई समेत सुरक्षा दिनु आवश्यक रहेको नगर प्रमुख भण्डारीले बताउनुभयो ।
भण्डारीले वैदेशिक रोजगारको अबसर तथा चुनौती सम्बन्धि कार्यक्रम र वैदेशिक रोजगारीलाई शोषण रहित बनाउन नेपाल प्रहरीको भुमिका विषयमा अभिमुखिकरण कार्यक्रम प्रभावकारी रहेको बताउनुभयो ।कार्यक्रममा परियोजनाका डिएन चौधरी, धिरज भट्टराई, समयम कोईराला सहितको उपस्थिती रहेको थियो ।
१, सुनसरीको इनरुवामा वैदेशिक रोजगारीलाई शोषण रहित बनाउन नेपाल प्रहरीको भुमिका विषयमा अभिमुखिकरणका सहभागिहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा





